Breaking

नारायणकाजीलाई मजाक बनाइयो, गृहको अधिकार खोस्दै प्रचण्ड, ओली र देउवाको निशाना


काठमाडौँ — एकपछि अर्काे गर्दै भ्रष्टाचारको फाइल खोलेर सरकार भएको अनुभूति गराएका गृहमन्त्री नारायणकाजी श्रेष्ठ यति खेर आफ्नै कार्य क्षेत्राधिकार खोज्दै छन् । गृहमन्त्रालयको मातहातमा रहेको शान्ति सुरक्षाको जिम्मा प्रधानमन्त्री र रक्षामन्त्रीले हस्तक्षेप गरेपछि गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठेको छ । ए नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन प्रकरणसँग–सँगै सुशासनको मुद्धाबाट गृहलाई तिखार्दै सरकार भएको महसुस गराउन लम्किएका नारायणकाजी श्रेष्ठ अहिले आफ्नै क्षेत्राधिकारबाट वञ्चित हुन पुगेका छन् ।

मंसीर सातमा हुने भनिएको नेकपा एमाले र दुर्गा प्रसाई दुई समूहको शक्ति प्रदर्शनलाई लिएर मंगलबार रक्षामन्त्रालय अन्तर्गतको सैनिक मुख्यालय जंगी अड्डामा तीन सुरक्षा निकायबीच छलफल भयो ।जबकी राज्यमा शान्ति सुरक्षा स्थापित गर्ने जिम्मा गृहमन्त्रालयको हो । आगामी मंसिरसात गते हुने सम्भावित खतरालाई लिएर प्रधानमन्त्री र रक्षामन्त्रीले कार्याधिकार कब्जामा लिँदा गृहमन्त्री श्रेष्ठआफ्नो कुर्सीको कुनै तुक नभएको महसुस गर्न थालेका छन् । आफ्नै पदको संकटबाट गुज्रिरहेका नारायणकाजीले,यता आन्दोलनकारीहरूको राज्यमाथि नै जाई लाग्ने धम्कीको सामना गर्नु परिरहेको छ ।

जाजरकोटमा भएको भूकम्पमा पनिगृहमन्त्री श्रेष्ठको भूमिकाप्रति सवाल उठ्यो । भूकम्पमा राहतको आश गरेका पीडितले राहतकै कारण थप आहत भोग्नु परेपछि गृहमन्त्रालयको कार्य प्रभावकारी नभएको भन्दैश्रेष्ठ आलोचनाको शिकार बने । अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको जन्ममिति विवाद अहिलेको ‘हटकेक’बन्दा नारायणकाजीलाई प्रहरी संगठनभित्रैको विवादले पनि पछ्याउन छोडेको छैन ।

प्रहरीले टुंग्याइसकेको एआईजीको जन्ममितिको विवादित विषयमा फेरि उजुरी परेपछि थप छानविनका लागि राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्रालयसँग कागजात मागेको छ । ठूला ठूला काण्ड एक्लैले सम्हालिरहेका श्रेष्ठलाई अहिले गृह प्रशासनको नीतिगत सुधारका लागि समिति आवश्यक पर्र्न थालेको छ । जसका लागि उनी पूर्वमुख्यसचिवको नेतृत्वमा गृह प्रशासन सुधार समिति बनाएरै अघि बढेका छन् ।

सुरुवाती चरणमा केही सुशासनको काममा सफलता हात पारेका गृहमन्त्री श्रेष्ठलाई प्रभावशाली नेताको पक्राउ संकटको कारक बन्न पुग्यो । नक्कली भूटानी शरणार्थी काण्डमा बालकृष्ण खाँणलाई जेलको चिसो छिडीमा पु¥याएपछि रुष्ट बनेका कांग्रेस सभापति एवं सत्ता घटकका शीर्ष नेता शेरबहादुर देउवाले आरजू भाउजूलाई अनुशन्धानमा ल्याउने तयारी गरेपछि श्रेष्ठको झाँको झारेका थिए । देउवाको हप्की खाएका उनी अब फेरि बालकोट धाउन थालेका छन् ।

मन्त्री भएदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वाक् युद्धमा व्यस्त देखिने गृहमन्त्री श्रेष्ठ गृहमन्त्रालयलाई सहयोग गर्नु प¥यो भन्दै याचना माग्नु पर्ने स्थितिमा छन् । भ्रष्टाचारविरुद्ध सुशासनको डण्डा चलाएर लोकप्रिय बनेका मन्त्री श्रेष्ठ समयक्रमसँगै आलोचना र सास्ती दुवैको स्वाद लिइरहेका छन् । कसैको दवाव र प्रभावमा पर्दिन भन्ने उनैलेबेमौसमी एआईजी र एसएसपीको सरुवा गरेपछिसुशासनका लागि हौसिएर कदम चालेका नारायणकाजी अहिले लाचार जस्तै देखिएका छन् ।