Breaking

मंसिर ७ मा दुर्गा प्रसाईं र महेश वस्नेत भिड्दै, सेना खटाउदै सरकार, माइतीघर निषेधित क्षेत्र घोषणा


काठमाडौँ — दुर्गा प्रसाईं र महेश बस्नेत दुवै उदण्ड पात्र हुन् । जसले हाकाहाकी मंसिर ७ को मिति तोकेरै भिड्ने तयारी गरेका छन् । काठमाडौंलाई रणभूमि बनाउने योजना यीनीहरुको छ । ब्यानरमा हेर्दा यी दुवैका कार्यक्रम फरक हुन् । दुर्गा प्रसाईं गणतन्त्रविरुद्ध गएर व्यवस्था पल्टाउने आन्दोलनको शिलान्यास गर्दैछन् । महेश बस्नेत सरकारको कुशासनविरुद्ध सडकमा लाखौं उतार्ने उद्घोष गरिरहेका छन् । तर यी दुवै नारा ढोंगमात्रै हुन् ।

एउटाले व्यवस्था र अर्काेले सरकार ढाल्ने योजना बनाएपनि दुवैले माइतीघरलाई रोजेर एकअर्काविरुद्ध मुडभेठको बाटो समाएका छन् । अर्थात् प्रसाईंविरुद्ध महेश र महेशविरुद्ध प्रसाईं जानुकोमतलब नै एकअर्कालाई तह लगाउनु हो । फलतः दुवैलाई तह लगाउने तयारी सरकारले नगरे काठमाडौंमा रक्तपात मच्चिने पक्का जस्तै छ ।

भिडियो