Breaking

विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा

द्वन्द्वपीडितले अझै न्याय पाएनन्


काठमाडौं । नेपाल सरकार र तत्कालीन द्वन्द्वरत माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएको छ।

२०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र द्वन्द्वरत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । शान्ति सम्झौतापछि नेपालमा जारी एक दशक लार्मो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भएको थियो । त्यसैको जगमा नेपालमा २४० वर्षे राजतन्त्र अन्त्य भएको थियो ।

संविधानसभाबाट नयाँ संविधान जारी भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू भएको छ। तर, तत्कालीन राज्य पक्ष र माओवादीबाट भएको मानव अधिकार उल्लंघनको छानबिन गरी सत्य पत्ता लगाउने र दोषीलाई कारबाही गर्ने काममा भने प्रगति हुन सकेको छैन । द्वन्द्वपीडितले अझै न्याय पाउन सकेका छैनन् ।