Breaking

दुर्गा प्रसाईंका कारण फुट्दैछ राप्रपा ! दुर्गा रोक्ने र बोक्नेको भिडन्त, पूर्वराजाज्ञानेन्द्र न्यायाधीश बन्दै


काठमाडौँ — दुर्गा प्रसाईको प्रदर्शनले व्यवस्था विरुद्धको निराशा विद्रोहमा बदलिने चर्चाकाबीच राजावादीसमेत हौसिएका छन् । उनले बोकेको राजतन्त्रको मुद्दा र पाएको चर्चाले आफ्ना एजेण्डासमेत सम्बोधन हुने राजावादीहरुको विश्वास छ । तर को असली राजावादी र कसले त्यसको जस लिने भन्ने होडबाजीकै कारण गणतन्त्रवादी ढुक्क देखिदाँ यही मुद्दा बोकेर हिँडेको राप्रपालाई फरक देखिन सकस नै पर्न थालेको हो । नेताहरुको कार्यशैलीका कारण बढ्दो निराशाकाविच राजसंस्था पक्षधरहरु गणतान्त्रिक व्यवस्थाविरुद्ध चर्को सुनिन थालेका छन ।

आफ्ना एजेण्डाहरु क्रमश प्रमाणित हुँदै गएको महसुस गर्न थालेका उनीहरु यहि तातिएको माहोलमा व्यवस्थाविरुद्ध घन हान्नुपर्ने बुझाईमा देखिन्छन । यसैको उदाहरण पूर्वराजा ज्ञानेन्द्र शाहलाई मेचिपुलमा पानसमा बत्ति वाल्न लगाएर महाअभियान थालेका दुर्गा प्रसाई काठमाडौमा शक्ति प्रदर्शन गर्दै छन् । कतै राजा प्रसाईंले खोसेर आफू दोकानविहिन हुनपर्ने त हैन भन्ने डरमा रहेको राप्रपामा पनि झापामा ज्ञानेन्द्र उतार्ने तारतम्य मिलाइरहेको छ ।

यसले फुट देखिने र शुभेच्छुकहरु वाडिने राजावादीकै चिन्ताका विच प्रसाईले पूर्वराजपरिवारका सदस्यहरुसँग बाक्लै हिमचिम बनाएका छन् । पूर्वराजा र पूर्वयुवराजसँग तारन्तर भेटिरहेका प्रसाईंले पूर्वराजालाई निम्त्याउने प्रयासमा रहेपनि उनीवारे स्पष्ट धारणा निर्मल निवासले बनाईसकेको छैन । यहि कारण मंसिर ७ को कार्यक्रममा जान नखोजेको बुझिएको छ । यताराप्रपा जस्ता शक्तीमा त प्रष्ट दुई धार नै देखिएको छ । यो विचमा प्रसाईको रजगजलाई अराजकताको संज्ञा दिदै झापामा जोखिम देखेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन स्वयम गृह जिल्लामा राजावादीको शक्ती देखाउन निकै उत्साहित छन् ।

अर्थात लिङ्देनले मंसिर ९ गते पूर्वराजालाई आफ्नो गृहजिल्ला झापामा स्वागत गर्दैछन् ।बिर्तामोडको एउटा विद्यालयमा निर्माण भएको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि पूर्वराजा बिर्तामोड जाने कार्यक्रम तय भएको छ । यो कार्यक्रमलाई व्यापक जनसहभागीतासहित भव्य बनाएर निर्मलनिवासका अघि खाट्टि राजावादी देखाउने लिङदेनको तयारी छ । तर दुर्गा प्रसाईले भने आफ्नो कार्यक्रममा पूर्वराजा पनि आउनुपर्ने बताईरहेका छन् । अन्यथा उनैलाई राजा बनाउन पर्खिनरहने अवस्थामा जनता रहेको समेत प्रसाईको चेतावनी छ ।

यता राप्रपाकै एउटा तप्का पनि राजावादी आन्दोलन जसले अघि बढाए पनि त्यसलाई सघाउनुपर्ने पक्षमा छ । वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजावादी शक्तिहरु फुटेर होइन, जुटेर अघि बढ्नुपर्नेमा जोड दिएका छन । यता राप्रपाका संस्थापक तथा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले पनि प्रसाईँको नेतृत्वमा हुन लागेको जनप्रदर्शनमा पार्टीको नैतिक समर्थन र सहयोग हुनुपर्ने बताएका छन् । लोहनीले सोमवार ४ बुँदे वक्तव्य जारी गर्दै राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेन्डा अनुकूल अघि बढ्न कसैले पनि गर्ने जनअभियान, जनप्रदर्शन वा जनसंघर्षमा राप्रपाका कार्यकर्ताको सहभागिता हुनुपर्ने बताएका छन् ।

तर प्रसाईंले विगतमा राप्रपा अध्यक्ष लिङ्देनको सार्वजनिक आलोचना गरेकै कारण उनी निकट नेताहरु प्रसाईप्रति नकारात्मक बनेका छन । फलत ः प्रसाईंको कटु आलोचना गर्ने उनीहरुप्रसाईले राजावादी ट्याग केवल व्यक्तिगत स्वार्थपुरा गर्न लगाएको उनीहरुको आरोप छ । जसले राजावादीमै भिडन्त देखिदाँ ७ गते प्रसाईले गर्ने शक्ती प्रदर्शन र उत्पन्न परिस्थिती पछिउनीप्रतिको दृष्टिकोण स्पष्ट हुने निर्मल निवासको तयारीले असली बाजेको पेडा पसल दावीको दौड जस्तै अवस्थामा राप्रपा र प्रसाई देखिएका हुन । जसले दुर्गा राप्रपा फुटको आधार बन्ने त होइनन् भन्ने प्रश्न उब्जिएको छ ।

राजावादी मध्येप्रसाईंमा मात्रै तातो जोश देखिदाँ जोगी, सन्तमहन्तदेखि हिन्दू राष्ट्र चाहनेहरुको साथ पनि उनैलाई छ । तरप्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीकै कुवाको पानी उनले पनि खाएका हुन् । जसले झट्टै विश्वास गर्ने अवस्था नरहे पनिराप्रपा नेपालका अध्यक्ष कमल थापासमेत प्रसाईतिर देखिएका छन् ।

राप्रपा नेपालका कारण राजतन्त्रको पक्षमा माहौल बनेको दाबी गर्दै अध्यक्ष थापाले प्रजातन्त्र वा दलहरुको विकल्प राजसंस्था नभएको पनि जनाएका छन् ।जसलेगर्दा अभियानले खोज्ने संगठनको आड राप्रपा नेपाल बन्न सक्छ कि भन्नेसम्मको आशामा थापा देखिएका हुन्कि ? भन्ने आशंका गर्ने ठाँउ छ । यद्यपि,फुटेको राजावादीको कारण राजतन्त्र नामको एजेण्डा सत्तायात्राको माल बन्ने भन्दा माथि नउठ्ने पक्कै छ।