समाचार

टिकटक प्रतिबन्धविरुद्ध रिटमा आज सुनुवाइ हुँदै


काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सोमबार सुनुवाइ शुरु हुँदैछ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो। टिकटकमा प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

सामाजिक सद्भावमा खलल पुगेको, ​टिकटकबाट हुने अपराध न्यूनीकरणमा (टिकटक कम्पनीले) सहयोग नगरेको लगायत कारण देखाउँदै गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले यसमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सो निर्णयपछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाइसकेका छन्।