Breaking

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न


काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न भएको छ ।

व्र्रतालुहरू रातभर जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएका हुन् । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको चौथो दिन आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर सम्पन्न भएको हो । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु छठ पर्वको विशेषता रहेको छ।

यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लागेको थियो ।