खेलकुद

महिला टी–२० सिरिज : जापानलाई हराएर नेपाल तेस्रो स्थानमा


हङकङमा जारी चारदेशिय महिला टी–२० सिरिजमा नेपाल तेस्रो भएको छ । आइतबार भएको खेलमा जापानलाई ४५ रनले हराएर नेपाल तेस्रो भएको हो ।

लिग चरणमा तेस्रोमा रहेको नेपाल र चौथोमा रहेको जापानबीच तेस्रो स्थानको लागि खेल भएको थियो ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर ११५ रन बनाएको थियो । जवाफमा ११६ रनको लक्ष्य पछ्याएको जापानले २० ओभरमा ६ विकेट गुमाए र ७० रन मात्र बनाउन सक्यो ।

जापानका लागि ओपनर अकारी निशिमुराले सर्वाधिक २९, हिनासे गोतोले १६ र अहिल्या चन्डेलले ११ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।