Breaking

दुर्गा प्रसाईंदेखि प्रचण्ड तर्सिए, ओली–महेशले नत्थी लगाउने, सडकमै भिडन्त, जनता कसको पक्षमा ?


काठमाडौँ — अहिलेसम्म राजवादी र गणतन्त्रवादीको भिडन्त चर्चा गरिएको दुर्गा प्रसाईको सडक आन्दोलनमा एमाले पनि लपेटिएको छ । कालो मोसो प्रकरणबाट उग्र बनेका प्रसाईले अध्यक्ष ओलीलाई लपेटेपछि यसैपनि एमाले उनीसंग रुष्ट छ । फलत ः प्रतिवादमा जाने एमालेको भातृ संगठनको तयारी प्रसाई भर्सेस महेश बस्नेतसम्म पुग्ने आकंलन फेल खादा औपचारिक रुपमै एमाले भिडन्तमा उत्रिएको हो ।

यो सडकबाट व्यवस्था फाल्ने र नेपाली जनतालाई मुक्ति दिलाउने भन्दै दुर्गा प्रसाईले सडक आन्दोलनको तयारी अन्तिम चरणमा केन्द्रीत गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता कार्यकतालाई दिएको निर्देशन हो । जहाँ लोकतन्त्रविरुद्ध औँलो ठड्याए तल झारिदिने चेतावनी दिएका उनले मङ्सिर ७ को युवाको प्रदर्शनमा एमालेको साथ रहेको बताएर प्रसाई विरुद्धको काउन्टरलाई संस्थागत बनाईदिएका छन । जसले युवासंघको कालो मोसो देखि सुरु भएको एमाले भर्सेस दुर्गा प्रसाईको लडाई महेश बस्नेत हुदै अध्यक्ष केपी शर्मा ओली बाट पार्टीसम्मै पुगेको छ ।

प्रसाईले देश बचाउले महाअभियानका नाममा मंसिर ७ का कार्यक्रमलाई काउन्टर दिने गरि त्यहि दिन युवा संघ र अनेरास्वीयूले गर्न लागेको विरोधलाई संस्थागत गराएर एमाले पार्टी नै यसमा लपेटिएको हो । उक्त दिन सर्वधर्म समभाव तथा पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक धर्म सापेक्ष नेपाल निर्माणको नारा सहित प्रसाईले लाखौलाई सडकमा उतार्ने बताँउदै आएका छन ।

त्यसका लागि देशका विभिन्न भागबाट मान्छेहरु समेत आउन सुरु भईसकेको उनको दावीका विच नेपालीको मुक्ति कै दिनका रुपमा स्थापीत गर्ने प्रसाईको दावी छ । जसलाई केन्द्रीत गर्दै विशेष वैठक वोलाएको एमालेले आफूहरुले सरकारले ठीक ढंगले काम गर्न सकेन भनेर सांकेतिक विरोध मात्र गर्न खोजेको बताएको छ ।

यसैपनि यो भिडन्त राजावादी र गणतन्त्रवादीको भएको चर्चाकाविच अहिलेको अनियमितता र बेथितीको कारण गठबन्धन सरकार रहेको बताएका ओलीले यहीँबाट समाधान खोज्नुपर्ने बताए । फलत ः ७ गते एउटा संकेत गर्न खोजेको बताएका उनले दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते हुन लागेको प्रदर्शनले काठमाडौं फोहोर मात्र पार्ने व्यङग गरेकाछन् ।

युवा विद्यार्थी अगाडि रहेर गरिने सो प्रदर्शनमा निषेधाज्ञा भने नतोड्ने साथै सरकारले रुट तोकेमा सोही रुटमा प्रदर्शन गर्न पनि उनले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन । पुगेसम्म रातो टोपी लगाउन, सबैलाई झन्डा बोकेर प्रदर्शन गर्न निर्देशन दिएका उनको यो कदम सरकारकै पक्षमा जस्तो समेत देखिएको छ । यता कालो मोसोबाटै रन्थिनिएर अघि बढेका प्रसाई पनि यसै पछि हट्ने पक्षमा छैनन् । सरकारले दुवै पक्षलाई काठमाडौँ केन्द्रीत कार्यक्रम नै गर्न नदिनेसम्मको तयारी गरेको खवरका विच उनी कार्यक्रमको काउन्टडाउन सहित अघि बढेका छन ।

आफू विरुद्ध लड्ने मुख्य पात्र बस्नेतका अन्य धेरै चलचित्र बाँकि नै रहेको तथा टिकटक समेत मेरै डरले बन्द गरेसम्म भन्न भ्याईरहेका छन । पार्टिगत रुपमा एमालेप्रति नै बढि आक्रमक देखिएका उनी देशभरी नै अभियान चलाएकोले युवासंघको माईतीघरको कार्यक्रमले केहि फरक नपार्ने तर्क गरेका छन । कफ्र्यु लगाएका त्यहि दिन आफ्नो विजय हुने बताउने उनी देशका विभिन्न ठाँउमा गएर उत्तेजित भाषण गरिरहेका छन ।

हुन त अस्थिरताका पक्षधर शक्तीविरुद्ध एकजुट हुनुपर्ने बताँउदै अन्य दल र नेताहरु समेत प्रसाईका गतिविधि विरुद्ध एक स्वर सुनिदै आएका छन । तर प्रतिपक्षीका लागि यो सरकार थर्काउने अवसर नै पनि हुन सक्थो या मौन बसेर अघि बढ्ने विकल्प समेत एमालेसंग थियो । तर कालोमोसो लगाउने होस या प्रसाई विरुद्ध भिड्ने विषयमा होस सरकारलाई भन्दा वढि चासो एमालेलेलाई देखिरहेको छ । जसको उत्कर्ष मंसिर ७ बन्ने सम्भावना बढ्दा एमाले नै किन बढि तातिरहेको छ त्यो भने रहस्यपूर्ण छ ।