काठमाडौँ — एकाथरीले मंसिरलाई राजनीतिक उलथपुथलको महिना जस्तै गरेर प्रचार गरिरहदाँ सवै दल र शक्ती सडक केन्द्रीत हुन थालेका छन । संसदीय निर्वाचनको एक बर्ष हुदै गर्दा संसदमा रहेका दलहरु जनतासंगै जाँदैछन भने सत्तामै रहेका दल समेत सडक रोज्ने बाटोमा छन् । जसले कसका विरुद्ध किन र केका लागि सडकमा भन्ने प्रश्न पेचिलो बन्दै छ । जनताको मसिहा मान्ने र उनीहरुकै मुक्तिका लागि महाअभियानमा होमिएको बताउने दुर्गा प्रसाई मंसिर महिना नेपाली राजनीतिमा विशेष हुने अपेक्षमा छन । वैकका ऋण समेत मंसिर ७ गते संवैधानिक राजसंस्था र हिन्दू राज्यको पक्षमा काठमाडौँमा हुने प्रदर्शन पछि मात्र तिर्न उर्दि जारी गर्ने प्रसाईँयसलाई विशाल बनाउने लक्ष्यमा छन ।
उनको भाषामा भन्ने हो भने त यो प्रदर्शनले उथलपुथल नै ल्याउने छ । तर दशै तिहार मनाउन सरकारलाई डिष्टर्व नगरेको बताउने एमाले नेता महेश बस्नेत समेत यहि दिन सडक प्रदर्शनमा जाने तयारीमा छन । प्रसाईसंग व्यक्तिगत रुपमै भिडन्तको अवस्थामा रहेका बस्नेत प्रसाईको शेखी झार्न यो कार्यक्रम गर्न लागेको बताँउदै आएपछि अहिले एमालेले नै महत्वका साथ यसलाई अघि बढाएको छ ।
जसको पूर्व तयारी तथा समसायिक राजनीतिबारे छलफल गर्न विशेष बैठकले नै वोलाएको एमालेले सबै २३ वटै जनसङ्गठनका पदाधिकारी र काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई सहभागी एकै ठाउ भेला पारेको छ । जहाँ मङ्सिर ७ गते काठमाडौँमा युवा संघ नेपाल र अनेरास्ववियुले गर्ने आन्दोलन भ्रष्टाचार र अनियमितताका विरुद्ध,सामाजिक सद्भाव भड्काउने र धार्मिक सहिष्णुता भत्काउने विरुद्ध,राज्यको अकर्मण्यता विरुद्ध,राज्य आतंक् विरुद्ध र सामाजिक अराजकता विरुद्धको कदमका रुपमा एमालेले व्याख्या गर्दै अध्यक्ष केपी शर्मा ओलीले नै निर्देशन दिएका छन ।
वैठकमा यतिमात्रै नभएर एमालेलाई आममतदातासंग जोड्न भन्दैमङ्सिर १४ गते देखि गर्न लागेको मध्य पहाडी राजमार्गको यात्राको तयारीका सन्दर्भमा विभिन्न जनसङ्गठनहरूको भूमिकाको विषयको तयारीका विषयमा समेत छलफल भएको छ । यी गतिविधिहरु निर्वाचन भएको एक बर्षको अवसरमा माहोल तताउने अवस्थाका रुपमा व्याख्या गरिदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनीबार बाटै घरदैलो अभियान थालेको छ ।जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’, नारासहित रास्वपाले थालेको घरदैलोमा रास्वपाका सांसदले एक वर्षको ‘रिपोर्ट कार्ड’ सहित मतदातासँग साक्षात्कार गर्न थालेका हुन ।
अभियानका क्रममा घरदैलो सुझाव फारममार्फत जनताको सुझाव सङ्कलन गर्ने प्रवक्ता डा.मुकुल ढकालको भनाइ छ, भने यता पूर्वराजा राजा ज्ञानेन्द्र मंसिर ९ गते झापा जाँदैछन् । उता जाजरकोट भूकम्पले र सत्तामै भएको पार्टी सडकमा किन जाने भन्ने आलोचनाले केहि मथ्थर भएको माओवादीलाई समेत सडकमा जाने छटपटि उस्तै छ । ११ महिने सरकार चलाएर रेकर्ड नै ब्रेक गरेपछि आफू सडकमा पछि परे प्रतिपक्षी र राजावादीले माहोल बनाउने त हैनन् भन्ने डरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा देखिदाँ महासमितीमार्फत कांग्रेसले समेत कित्ता प्रष्ट गर्दै छ ।
जसले निर्वाचनको झल्को दिने गरिको राजनीतिक दृश्य विकसित बन्दा आखिर मंसिरमा के हुन लागेको भन्ने चर्चा समेत सुरु भएको हो । तर राजनीतिक विश्लेषक प्रा.डा हेम सुवेदी भने यसलाई रापमा रोटि सेक्ने प्रवृत्ती मात्रै भएको बताउछन । जहाँ प्रचण्ड राजावादीको सक्रियतालाई व्यवस्थामाथिको खतराका रुपमा व्याख्या गर्दै आफूलाई वलियो बनाउने खेलमा लागेको उनको तर्क छ ।
हुन त अहिले प्रसाईलाई जेल हाले उल्टै नेता बन्ने भन्ने डरमा सरकार छ । जहाँ आफूलाई कुन हद सम्म अराजक बन्न देलान भन्ने भेउ नपाएपनि सरकार चुप लागेर नबसेको प्रसाईले पनि बुझेका छन । जसले दुवैले एक अर्कालाई खतरा देख्दा राजतन्त्र फिर्ता ल्याउने सक्ने हैसियत नभएको तर आगामी निर्वाचनमा एक थान सांसदसम्म हत्याउन सकिने सम्भावना वारे पनि प्रसाई प्रष्ट देखिन्छन । यता अराजकताका नाममा सरकारलाई गाली गर्न पाईने फाईदा एमालेलाई यसैले प्रदान गर्दा जो जो सडकमा आएपनि फलाम तातेकै वेला घन हान्ने दाउमा सवै शक्ती र दल रहेको प्रष्ट छ । जसले वाणिविलासको अवसर दिएपनि परिणाम दिने आशा भने दिवास्वप्न भन्दा माथि नहोला ।


प्रतिक्रिया