Breaking

धनगढीमा आगलागी हुदाँ आठ पसलमा क्षति


धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको छ । धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा शुक्रबार आगलागी भएको प्रहरीले जनाएको छ । कैलाली प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायतका पसलमा क्षति पुगेको जनाएको छ ।

स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएपछि प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र पालले जानकारी दिनुभयो ।

आगलागीबाट सारथी अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको छ । क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।