Breaking

उर्लाबारीमा आगलागी,६ जनाको अवस्था गम्भीर


काठमाडौँ– मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उपचाररत २५ मध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको अस्पतालकी डाक्टर निजिना ताम्राकारले बताउनु भयो । उहाँले जलनको घटनामा सबै घाइतेहरुको अवस्था गम्भीर नै हुने बताउनु भयो ।

आज घाईतेहरुको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुग्नुभएका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर घाइतेको उपचार गराउने प्रक्रिया शुरु गरिएको बताउनु भयो । उहाँले अमेरिकाबाट आईतवारसम्म चिकित्सक आइसक्ने थप उपचार थाल्ने जानकारी गराउनु भयो ।

गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौं ल्याइएको थियो ।