Breaking

प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरुसँग देशको अवस्थाबारे जानकारी


काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकायका प्रमुखहरुसँग देशको सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको छ । ब्रिफिङ सुनिसकेपछि प्रधानमन्त्री प्रचण्डले देशको सुरक्षा अवस्था सामान्य रहेको निष्कर्षमा पुग्नुभएको छ । आज तनहुँको आँबुखैरेनीमा आयोजित कार्यकर्ता भेटघाटमा प्रधानमन्त्री प्रचण्डले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस भइरहेको दोहो¥याउँदै त्यसलाई एकतावद्ध भएर परास्त गरिने समेत बताउनुभयो । आफूले सरकारको नेतृत्व गर्ने बेला देशको अर्थतन्त्र चुनौतिपूर्ण रहे पनि अहिले राम्रो सुधार आएको उहाँले दाबी समेत गर्नुभयो ।