Breaking

एमालेको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन

भग्नावशेष हटाउनेदेखि अस्थायी टहरा निर्माणमा १५ दिन खटिदैै


काठमाडौं । जाजरकोट भूकम्प प्रभावितक्षेत्रको पुनर्निर्माणका लागि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आजदेखि एक हजार जना स्वयंसेवक परिचालन गर्ने भएको छ ।

भूकम्पपछिको पुनर्निर्माणमा १ करोड बराबरको श्रमदान हुने गरी एक हजार स्वयंसेवक परिचालन गर्ने एमालेले जनाएको छ । अस्थायी घर÷टहरा निर्माण गर्न एमाले पोलिटब्युरो सदस्य विनोद श्रेष्ठ नेतृत्वको एक सय सदस्यीय केन्द्रीय फोर्स प्रभावित क्षेत्र पुगिसकेको छ ।

भग्नावशेष हटाउने, अवरूद्ध बाटो पन्छाउने, शौचालय बनाउने, खुला आकाशमुनि बसेकाहरुका लागि अस्थायी टहरा निर्माण गर्ने कामका खटिने श्रेष्ठले बताउनुभयो । पार्टी केन्द्रको निर्णय अनुसार १५ दिनसम्म स्वयंसेवकले भूकम्प प्रभावित क्षेत्रमा निरन्तर काम गर्ने उहाँले जानकारी दिनुभयो ।