यस वर्षको छठ पर्व विधिवत रुपमा सुरु भएको छ ।
आजको दिन ब्रतालुलेस्नान गरी व्रत संकल्प गरेर चोखोखानेकुरा खान्छन । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको छ । आज ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले कात्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप ग्रहण गर्छन ।
ब्रतालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाउछन । सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।
यसपालि छठको समापन आगामी सोमबार बिहान सूर्योदयसँगै गरिने छ ।
प्रतिक्रिया