Breaking

राजावादीको अखडा बन्दै झापा, ज्ञानेन्द्रले फेरि खुट्टा उचाले, गणतन्त्रवादीलाई भीम रावलको झटारो


काठमाडौँ — गणतन्त्र खतरामा परेको भन्दै ठूला दलहरुले बैठक गरेपछि नेताहरुको कमजोर धरातलबारे प्रश्न उठेको छ । व्यवस्था विरोधी स्वर बलियो बन्न थालेपछि स्वयं पूर्वराजा ज्ञानेन्द्र शाह आन्तरिक रुपमा सलबलाएकाछन् । गणतन्त्रवादीहरु भने यसबारे गम्भीर बन्नुपर्नेमा खिसीट्युरीमै व्यस्तछन् । मेचीमा पूर्व राजपरिवारका सदस्यलाई साक्षी राखेर महाअभियान सुरु गरेका दुर्गा प्रसाईं अहिले काठमाडौं केन्द्रित आन्दोलनमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र प्रासाईंबिच को उग्र राजावादी भन्ने वहश चलेकै खबत पूर्वराजाको साथ कसलाई भन्ने चासो पनि बढ्दो छ ।

यहिबीचमा १२ दिन लामो अमेरिका भ्रमणबाट फर्किए लगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह झापा हानिदैछन् ।अघिलो पटक दुर्गा पुसाईँले झापा उतारेका ज्ञानेन्द्रको यो पटकको चाजोपाजो राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मिलाएकाछन् । यद्यपी ज्ञानेन्द्रले लिङदेनलाई बोलाएर यो सबै परिवन्ध मिलाउन अ¥हाएको निकटहरुको दाबी छ ।आगामी मंसिर ९ गते झापामा हुने वृहत कार्यक्रमको लागि लिङदेन आफै खटिएकाछन् ।

आफ्नो गढ झापामा जनलहर देखाउन लिङदेनले अहिले देखि कसरत सुरु गरेकाछन् ।आफ्नो गृह जिल्ला भएकाले पनि यसलाई लिङदेनले प्रतिष्ठाको बिषय बनाउँदा झापाका रैथाने दुर्गा प्रसाईँ आफ्नो शक्ति प्रर्दशनको तयारीमाछन् । तथापी ७ गते ज्ञानेन्द्र झापा हानिन्दा काठमाडौंमा आउने दुर्गाका समर्थक राजाका कारण झापामा रोकिने अड्कल सुरु भएको छ । ९ गते ज्ञानेन्द्रको झापा कार्यक्रमले अहिलेका उग्र नवराजावादी दुर्गा प्रसाईंलाई नै चुनौती दिने बुझिएको छ ।

पूर्वराजाको यो सक्रियताले गणतन्त्रवादीहरुको मन अमिलो भएको बुझ्न कठिन छैन । तर भित्रि रुपमा गणतन्त्र फाल्न पूर्वराजा नै सक्रिय हुन थालेपनि गण्णतन्त्रवादीहरु भने सार्वजनिक मञ्चमा ईतिहास कहिल्यै पनि नदोहोरीने बताई रहेकाछन् । अझ एक कदम अगाडी बढेर चिहानमा पुगेको राजातन्त्र नफर्किने भन्दै दिवासप्न नदेख्न चेतावनी दिईरहेकाछन् । राजा सलवलाउदा पनि सार्वजनिक खपतका लागि नेताहरु अभिव्यक्ति दिनमा व्यस्त छन् ।

अथवा हल्का टिप्प्णीमा गम्भीर बिषयवस्तुलाई उडाईरहेका छन् । अभिव्यक्तिकै कारण चर्चा र विवादमा आईरहने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ गणतन्त्र नै ठिक व्यवस्था भएकोभन्दै राजा नै चाहिएको भए आफूलाई नै बनाउन भन्दै हिंडिरहेका छन् । आफूलाई उनी किराँती राजा यलम्बरको असली उत्तराधिकारी भएको बताउछन् ।

१० बर्ष लडेर ल्याएको गणतन्त्र र संविधानको अपनत्व जनताले व्यवहारिक रुपमा अझै लिन सकिरहेका छैनन् । जनताको तीव्र आलोचनालाई पनि बेवास्ता गरेका शान्ति प्रकृयामा सहभागि दलहरु कोठे बैठकमा गणतन्त्रको चिन्ता त गरिररहेका छन् । तर सार्वजनिक अभिव्यक्तिहरु भने उनीहरुका पनि गणतन्त्रप्रति जिम्मेवार देखिदैनन् । नेताहरुले नै आफूहरुमाथि प्रश्न उठेको स्वीकार गरे व्यवस्था धरापमा पर्नेबारे उनीहरु ज्ञात छन् । जनस्तरबाट उठेका प्रश्नहरुमा गम्भीर हुनुपर्नेमा ती प्रश्नहरुलाई कार्यकर्ताको मूड फ्रेस गराउने साध्यका रुपमा खिसीट्यरी गर्दै उडाईरहेका छन् ।

शीर्ष दलहरु दुर्गा प्रसाईजस्ता एकदुई अभियन्ताका अभिव्यक्तिमा पूर्वराजाको पनि सर्मथन छ भन्ने भ्रममै गणतन्त्रमा कालो बादल देख्न थालेका छन् । एमालेका पूर्व उपाध्यक्ष समेत रहेका डा. भीम रावलको अभिव्यक्ति भने केही फरक छ । गणतन्त्रले दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको उपयोग कसैले बोल्ने डराउनुपर्ने नेताहरुको कमजोर धरातल र मा प्रश्न उठाउँछन् ।

कटपीटको पाइलट खराब छ भन्दैमा जहाज फेर्ने होईन । पाइलट फेर्नु वुद्धिमानी हुन्छ । व्यवस्थामाथि नै प्रश्न उठेको बिषय शीर्ष दलहरुबाटै सुनेपछि पूर्वराजा पनि हौसिएको बुझ्न समस्या छैन । गणतन्त्रका हिमायतीहरु कमसल अभिव्यक्तिमा दन कटाउने बानी छाडेर जिम्मेवार र गम्भीर बन्नतिर लाग्ने कि ?