देश

आक्रामक प्रहरीः VIP जुवाडेसँग नारायणकाजीको कनेक्सन, रातारात भयो यस्तो चलखेल


काठमाडौँ — चाड पर्वमा जुवातास खेल्ने आम प्रवृत्ति जस्तै बन्दै जाँदा यसवारे हुने बहससमेत विभिन्न कोण र भिन्न तरिकाबाट हुँदै आएको छ । जहाँ यमपन्चकमा त जुवा खेल्न सरकारी तवरबाटै छुट दिने ईतिहासका विच तिहार लागेसंगै जुवातासमा पक्राउ परेका खवरहरु समेत बढेका छन् । अर्थात अहिले प्रहरीको काम नै जुवाडे पक्राउगर्नुमै सीमित भइरहेको छ भने यसरी पक्राउ पर्नेमा समेत विभेद हुने गरेको आक्षेप लागेको छ । यहीबीच केही हाईप्रोफाईल नै जुवाको खालबाट पक्राउ पर्दा उनीहरुलाई छुटाउने चलखेल भइरहेको हो ।

तिहारमा मनोरञ्जनका नाममा जुवा–तास खेल्ने आम प्रवृत्ति बन्दाजेलको हावा खाने बढेका छन् । प्रहरीले तिहारका बेला हुने जुवा–तास नियन्त्रणका लागि देशव्यापी रुपमा नै विशेष अभियान चलाएको छ। त्यसवारे यसअघिबाटै सचेत गराएको प्रहरीले अहिले सक्रियता बढाएको हो । यसरी जुवातास खेल्नेमा समाजका ठुलाबढा र प्रतिष्ठित भनिएकैहरु समेत छन् । यसैको उदाहरण दशैमा जुवा खेलेको आरोपमा पक्राउ परेका कलाकार तथा गायकसहित ९ जना धरौटीमा छुट्दा तिहार सुरुभएसंगै अरु हाईप्रोफाईल जुवाको खालबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सरोज अधिकारी, श्याम बाबु तामाङ, टेक बहादुर (टीबी) कार्की, सञ्जय मुडभरी, नवराज तामाङ, चित्र तामाङ, विष्णु लाल लामा, कुमार खड्का रहेका छन् । यसैगरी अम्बिर अधिकारी, भुवन दाहाल, लोप्साङ लामा, प्रताप दानी, लोक बहादुर बोहरा, केशव राज अधिकारी, भरत बोहरा, राजु जिसी, विशाल तामाङ, विकास खत्री, लोक बहादुर तामाङ, निर बहादुर वाइबा, राम बहादुर लामा र लोक बहादुर श्रेष्ठ रहेका छन् । उनीहरुको साथबाट नगद ४ लाख ९२ हजार र कौडा १६ थानसमेत बरामद भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षको बुलेटिनमा उल्लेख छ ।

पक्राउ परेकामध्ये टीबी कार्की र मुडभरी एनआरएनएमा आबद्ध छन् ।कार्की एनआरएनएका पूर्व उपाध्यक्षसमेत हुन् । उनी गत ११ औँ महाधिवेशनमा निर्वाचन समितिको सदस्यसमेत रहेका थिए । त्यस्तै दानी नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्षसमेत हुन् । उनीहरु हाईप्रोफाईल भएकै कारण रातारात छुटाउन चलखेल गरिएको प्रहरी स्रोतले नै जानकारी दिएको छ । दानीलाई छुटाउन माओवादीले र कार्कीलगायतलाई छाड्न एकीकृत समाजवादी र एमालेका केही नेताले समेत प्रहरीलाई आइतबार रातिदेखि नै दबाब दिएको बताइएको छ ।

अर्थात अहिले गृहमन्त्रीलाई भिआईपी जुवाडे छुटाउनै सकस परेको यो दौडधुपले प्रष्ट पारेको छ । जसका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठको छलफल नै भएको खवर वाहिरिएको छ । यद्यपी प्रहरीले भने सुरक्षा व्यवस्था कडा बनाएको भन्दै अवान्छित गतिविधि गर्ने कसैलाई नछोड्ने बताएको छ । चाडपर्वलाई सुरक्षित र सभ्य तरिकाले मनाउन प्रहरीले आफ्ना तर्फबाट गर्नुपर्ने कुनै कसर बाँकी नराखेको काठमाडाँै प्रहरी प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीको तर्क छ ।


मुलुकी अपराध संहिता, २०७४ अनुसार जुवा–तास खेल्नु गैरकानुनी कार्य हो भने उक्त अपराध संहिताको दफा १२५ मा जुवा–तास खेल्नेलाई कारबाहीको व्यवस्था गरिएको छ। पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ। यस्तै, दोस्रोपटक पनि जुवा खेलेको पाइए त्यस्ता व्यक्तिलाई १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेकपटक थप ३ महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था अपराध संहितामा छ।

जुवा तास खेल्दै गर्दा प्रहरीले पक्राउ गरेमा जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त भएको सम्पूर्ण चलअचल सम्पत्ति जफत हुनेसमेत कानुनी व्यवस्था छ।फलत ः जुवातास खेल्नेहरु जहिलेपनि कानुनी कारबाहीमा पर्ने बताउने प्रहरी नेपालको सांस्कृतिक तथा सामाजिक कारणले चाडपर्वमा यस्ता गतिविधि धेरै हुने बताउँछ । प्रहरीका अनुसार २५ गते देखि २८ गतेको तत्थ्यांक हेर्दा देशभरीबाट २ सय १३ जना पक्राउ परेका छन् । उनीहरुबाट करिव १७ करोड ६१ लाख रकमसमेत बरामद भएको छ । जसमध्ये शहरी क्षेत्रबाट पक्राउ परेकाकोसंख्याले शहरमा जुवातास खेल्ने प्रवृत्ति बढि भएको प्रहरीको विश्लेषण छ ।

हुन त तास आयात गर्न पाउने तर खेल्न नपाउने नियम नै अचम्मको रहेको भन्दै फरक कोणबाट विश्लेषण गर्नेहरु पनि छन् । त्यस्तै यमपन्चकमा सरकारी तवरबाटै जुवातास खुल्ला गर्ने गरेको ईतिहासको धङधङीले एक हात वा एक पटक खेलिदिऔँ न त भन्ने प्रवृत्तीले समेत यस्ता घटना बढिरहेका छन् । जहाँ प्रहरीले सय र लाखाँै रुपैयाँ खेल्नेलाई गर्ने समान व्यवहार र कानुनी रुपमा कमजोर कारबाहीको व्यवस्थाले पनि पँहुचका भरमा छुट पाईने अपराधकै रुपमा यसलाई व्याख्या गर्न थालिएको हो ।