Breaking

यमपञ्चकको चौथो दिन: आज गोवद्र्धन पूजा


यमपञ्चकअर्थात् तिहारको चौँथो दिन आजगोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजाआजा गरी मीठो खानेकुरा दिएर मनाइँदैछ।

कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजाआजा गरी सम्मान प्रकटगर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ।

द्वापर युगमाभगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामागोवद्र्धन पर्वतको पूजागर्ने प्रचलन बसेको धर्मशास्त्रविद्हरु बताउँछन् । गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएकादिन गर्नुपर्ने विधि रहेको नेपालपञ्चाङ्ग निर्णायक विकास समितिकाअध्यक्ष प्रा श्रीकृष्णअधिकारीले बताउनुभयो।