काठमाडौँ — सहासिक पर्यटन पर्वद्धनको महत्वपुर्ण पाटो प्याराग्लाइडिङ देशभर विस्तार भईरहेको छ । प्याराग्लाइडिङको पर्याय बनेको पर्यटकीय नगरी पोखरामा संकटमा परेको प्याराग्लाइडिङ खेल काठमाडौको चन्द्रागिरीमा सुरुवात भएसँगै पर्यटक बढन थालेका छन । नेपालमा सहासिक पर्यटक तान्ने अर्को आकर्षण हो प्याराग्लाइडिङ खेल । स्वदेशी तथा विदेशी पर्यटक प्याराग्लाइडिङ गर्नकै लागि देशका विभिन्न गन्तव्य धाउने गरेका छन ।
प्याराग्लाइडिङ सहासिक पर्यटन पर्वद्धन गर्ने आधार समेत हो । प्याराग्लाइडिङ खेल स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य बनिरहेका बेला यसको विस्तार गर्न व्यवसायीहरु थप हौसिएका छन । देशका विभिन्न भुभागमा प्याराग्लाइडिङ विस्तार भईरहेको छ । चराजस्तै उडने प्याराग्लाइडिङको अनुभव लिन मात्रै भए पनि पर्यटकको रोजाईमा पर्ने गरेको छ । भर्खरै सुरु भएको चन्द्रागिरी—चित्लाङ प्याराग्लाइडिङ पर्यटकको आकर्षक गन्तव्य बनेको छ । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनलागि काठमाडौ उपत्यकाभित्र नै पहिलो पटक सुरु भएको चन्द्रागिरी—चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षणको केन्द्र बनेको हो ।
हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ’बाबु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो । समय र मौसमअनुकुल प्याराग्लाइडिङको मज्जा लिन सकिनेछ । सुनुवारका अनुसार यहाँ उडानमा चुनौति भन्दा बढी रमाइलो हुने गरेको छ । एयरपोर्टबाट एकदमै सुरक्षित ठाउँ र यो रुटमा कुनै उडान नहुने भएकाले पनि सुरक्षित स्थान रहेको उनको भनाई छ । चित्लाङ र काठमाडौंमा पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङ टर्निङ प्वाइन्ट बन्नसक्ने भन्दै सरकारले व्यवसायिक लगानी गरेर भएपनि यसलाई प्रवद्र्धन गर्नु पर्नेमा सरोकारवालाहरुको जोड छ ।
यो काठमाडौं शहरबाट छोटो दूरीको प्याराग्लाइडिङ स्थल हो । चन्द्रागिरी भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङ उडान शुरू हुन्छ । चन्द्रागिरी—२३ सय मिटरबाट शुरू भएको उडान त्यहाँबाट आकासमा सय मिटरसम्म उचाइ लिन्छ । मनमोहक दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण हुन्छ ।
प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको एरियल भ्युका साथै काठमाडौं उपत्यकाको अधिकांश भूभागको अवलोकन गर्न सकिन्छ । रसुवा र धादिङका भूभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । उपत्यका नजिकै रहेको यो प्लाराग्लाईडि पर्यटक प्रवद्र्धनमा कोशे ढुङगा सावित हुने पक्का छ ।


प्रतिक्रिया