Breaking

सत्ता छटपटीमा प्रचण्ड, आन्दोलनको उद्घोष, देउवा–ओली मिल्ने संकेत देखिएकै हो ?


काठमाडौँ — सत्ता गठबन्धन फुट्नबाट बल्लतल्ल बचेको र त्यसका लागि चाडपर्व त्राण बन्न पुगेको चर्चाका विच प्रधानमन्त्री प्रचण्ड पुन चिन्तित देखिन थालेका छन । आफू सर्वाधिक प्रहारमा परेको महसुस गर्न थालेका उनी प्रतिगमनकारीको बल बढेको बुझाईमा रहेको यसले प्रष्ट पार्दा तिहार पछि नयाँ तरंग आउने डर उनमा देखिएको हो त? भन्ने प्रश्नले ठाउँ लिन थालेको छ । जहाँकांग्रेसकै साथमात्र पनिसत्तामा रहिरहन प्रयाप्त हुदाँ उनी किन आफूमाथि खतरा महसुस गरिरहेका छन त ? बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले एक कार्यक्रममा सम्बोधन गर्दै जनयुद्धलाई कसैले दबाउन नसक्ने बताए ।

देशभर राजावादी भनिएकाहरुको सक्रियता बढेको तथा नागरिकमा देखिएको चरम निराशाले विष्फोट हुन सक्ने चर्चाका विच उनले जनयुद्ध चिहानबाटै फेरि उठ्ने दाबी गरे । जहाँ पृथ्वी नारायण शाहको कामले आधुनिक नेपाल निर्माणको प्रक्रियामा एउटा कोसेढुंगाको भूमिका खेलेको भन्दै प्रशंशा गर्न भ्याउँदा आफू प्रधानमन्त्री भएपछि पृथ्वी जयन्तीको दिनलाई पनि बिदा दिने निर्णय गराएको जस लिन भ्याए ।

पृथ्वीनारायण शाहको एक खालको कर्मपछिको ठूलो कर्म नेपाली जनताले अगाडि ल्याएको जनयुद्ध नै भएको भन्दै नेपाल एकीकरण र जनयुद्धलाई तुलना गरेकाउनी यो अभिव्यक्तिमा बढो कुटनितिक सुनिएका थिए । उनले पहिलो ठुलो काम नेपाल एकीकरण भएको स्वीकार्नु नै अचम्म सुनिएको चर्चा हुदाँ यो विचमा जाजरकोट भूकम्पलाई प्रयोग गर्दै उनले सर्वदलिय वैठक पनि गर्न भ्याए । विपती एकताको आधार बन्न सक्ने विगतको उदाहरणमा खेलेका उनले यसले एकताको सन्देश दिन सफल हुदाँ भड्किएका दल र उनले प्रतिगामी भनिएकै शक्तिलाई समेट्ने प्रयासमा रहेको संकेत यी दुई घटनाले गरेको छ ।

आफू प्रधानमन्त्री हुनलाई नै राप्रपाको साथ लिएका तथा कोशीमा सभामुख दिएर फकाउन खोजिरहेका उनको यो कदमलाई अर्थपूर्ण रुपमा हेरिँदा यो पटक उनी तिकडममा धेरै हदसम्म सफल भईरहेको विश्लेषण समेत छ । तर उनी अझै शंशकित देखिन भने छाडेका छैनन् । यसैको संकेत शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कहिलेसम्म रहने पक्का नभए पनि सरकारबाट नयाँ आन्दोलन शुरु गर्ने अभिव्यक्तिमार्फत दिएका उनले आफ्नो धरातीय यर्थाथतालाई सम्झिए । आफ्नो हैसिषयत यहाँ भन्दा नसुध्रिने समेत घुमाउरो पारामा स्वीकारेका उनले आगामी निर्वाचनमा ६४ कै हाराहारीमा समर्थन पाएर सरकार बनाउने आशा भने व्यक्त गर्न भ्याए ।

अहिले उनका यी पछिल्ला शंशकित अभिव्यक्तिले नै उनीमाथि भएको डर के को हो ? भन्ने प्रश्न पेचिलो बनेको छ । जहाँ रेशम चौधरी पुनः जेल जानसक्ने खतराका विच यो स्थिती आए सहयात्री दल नागरिक उन्मुक्ति पार्टीले चाल्ने कदम उनका लागि घातक बन्न सक्छ । कांग्रेसभित्र देखिएको विद्रोह निमिट्यान्न भईनसकेको बुझेका उनले सर्वदलिय सरकारका नाममा गरिरहेको प्रयासका लागि वातावरण बनाउन त यो चाल चालिरहेका छैनन् ?भन्ने अर्को आशंका समेत जन्मिएको छ ।

अर्कातर्फ सडकमै आउने तयारीमा रहेका दुर्गा प्रसाईलगायतको शक्ति र जनतामा बढ्दै गएको निराशा क्यास गर्ने दौडमा दलहरु रहदाँ आफू निर्णायक नरहेकोले काम गर्न सक्ने अवस्थामा नरहेको संकेत समेत उनका अभिव्यक्तिले दिईरहेका छन् । आफूमाथि देखिएको संकटलाई नै व्यवस्थामाथि संकट भन्दै सहानूभूतिको खेलमा प्रचण्ड लागेको आक्षेप लगाउनेहरुसमेत छन । तरराजनीतिशास्त्रीहरु प्रणालीमाथि प्रहारको कुरा गरेर दलहरूले आफ्नो कमजोरी लुकाउन खोजेको तर्क गर्छन । जुन आरोपलाई कांग्रेसले साथ नछोडुन्जेल सुरक्षित रहने सत्ताको धरातलका विच गठबन्धन टुट्ने कुरामा कुनै आधार नभएको कांग्रेस नेताहरुको तर्कले बल मिलेको छ ।

हुन त प्रधानमन्त्री प्रचण्ड जसले जे माग्छ त्यहि दिने आश्वास गर्ने र त्यसैमा राजनीति गर्ने व्यक्तिको रुपमा चित्रण हुँदै गईरहेका छन् । यहि कारण उनी आफ्नै प्रतिवद्दताको पासोमा पर्ने गरेका प्रसस्त उदाहरणकाबीच आफ्नो सत्ता जोगाउन जे सुकै गर्न तयार हुन सक्ने उनको छविकम वारेमा पनि आम नागरिक अनविज्ञ छैनन् ।

जहाँ सत्तामै भएर सडकमा आउने गलत निर्णय लिएर पछि हट्नु परेको पीडा र त्यहि सडक प्रतिपक्षी र राजावादीले प्रयोग गर्ने अवस्थाको डरमा समेत प्रचण्ड देखिन्छन । तर सर्वदलिय र नयाँ आन्दोलनको नाटकले यसको क्षती परिपूर्ती गरे उनी चुप बस्ने पक्का हुँदा तिहारपछि देखिन सक्ने परिस्थितीको सामनाकै लागि उनले थालेको तयारीका रुपमा यसले काम गर्छ कि गर्दैन त्यो हेर्न बाँकी नै छ ।