Breaking

कौशलटारमा फेला पर्‍यो चितुवा


काठमाडौँ – भक्तपुरको मध्यपुरठिमी३ कौशलटारमा चितुवा फेला परेको छ ।

चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय काठमाडौंका वन अधिकृत अशोक पराजुली नेतृत्वको टोली खटिएको छ । टोलीमा जमदार युवराज कार्की र पशु चिकित्सक आशुतोष भट्ट पनि छन् ।

एक घरको बाउन्ड्री भित्र कुनामा लुकेको चितुवालाई डार्ट गरेर नियन्त्रणमा लिइँदै छ । ‘डार्ट भइसकेको छ, एकछिनपछि बेहोस् भएपछि नियन्त्रणमा लिन्छौं,’ वन अधिकृत पराजुलीले अनलाइनखबरसँग भने । उनका अनुसार चितुवा बयस्क छ ।

चितुवा फेला परेपछि डिभिजन वन कार्यालय भक्तपुरले डिभिजन वन कार्यालय काठमाडौंको टोलीलाई खबर गरेको थियो । त्यसपछि पराजुलीको नेतृत्वमा टोली परिचालित भएको थियो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चितुवाको आक्रमणबाट दुई जना सामान्य घाइते पनि भएका छन् ।