राजनीति

युद्धको एक महिना पूरा, रोकिएन गोलाबारी, विश्व दुई ध्रुवमा चिरियो


काठमाडौँ — इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध सुरु भएको मंगलबार १ महिना पुगेको छ । युद्धमा १४०० भन्दा बढी इजरायलीले ज्यान गुमाएका छन् भने गाजा क्षेत्रमा कम्तिमा १० हजार जनाको मृत्यु भएको तथ्यांक छ २ सय भन्दा बढि हमासको नियन्त्रणमा छन् । अक्टोबर ७ मा इजरायलमाथी हमासले युद्ध सुरु गरेको एक महिना पुग्यो । एक संगीत महोत्सवलाई केन्द्रविन्दु बनाएको त्यो अक्टोबर ७ इजरायलका लागि कालो दिन बनेर आयो । हमासको त्यो आक्रमण कुनै हलिउडको सिनेमाको सिन भन्दा कम थिएन ।

अक्टोबर ७ को बिहान प्यालेस्टाइन समर्थक हमास समूहले इजरायलमा हवाई तथा स्थल मार्गबाट हमला सुरु गरेको थियो । जहाँ इजरायली साथै युद्धसँग साइनो नै नभएको नेपालले पनि अकल्पनीय क्षति बेहोर्नुप¥यो । जस्मा १० नेपाली गरि १४ सय जनाको एकै चिहान भए । कञ्चनपुरका विपिन जोशीलाई बन्धक बनाएर प्यालेस्टिनी विद्रोही समूह हमासले साथमै लिएर गएको छ । उनीसहित विभिन्न देशका २ सय भन्दा माथीका नागरिक हमासको नियन्त्रणमा छन् भने इजरायल प्यालेस्टाइनमाथि आक्रामक देखिएको छ  ।

मानवीय, राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा यो घटनाक्रमबाट विश्व बेचैन छ । गाजा क्षेत्रभित्र सयौं किलोमिटर सुरुङभित्र रहेको युद्धमा होमिएको हमासलाई निमिट्यान्न बनाउने इजरायलको घोषणा छ । हमास आक्रमणको नेतृत्व गर्ने कमान्डर कम्तिमा पनि ५ जनाको मृत्यु भएको छ । यता पश्चिमा शक्तिराष्ट्र र अरब राष्ट्रबीच चिडिएको ध्रुविकरण समेत एक महिना हुँदा पनि साम्य हुने प्रयास भएको छैन । यद्यपी अमेरिकी विदेश मन्त्रीले अरबी राष्ट्रहरुसंग हमासको कदम नियन्त्रणका लागि निरन्तर लागि रहेको छ ।

अर्को तर्फ इजरायल बिरुद्ध अरबी राष्ट्र इरानले पटक–पटक युद्ध छेड्ने धम्की दिए पनि युद्ध छेड्न सकेको छैन । अहिने इरान पनि चुप बसेको अबस्था छ । यता हमास इजरायल युद्धको गोलाबारीकै अबस्थामा अमेरिका,बेलायत, फ्रान्स,अष्ट्रेलियालगायतका राष्ट्रप्रमुखहरु युद्ध भुमिमै इजरायलको पक्षमा उभिए । अक्टोबर ७ को सरप्राई आक्रमक बाहेक हमासले अहिलेसम्म आक्रमण गर्न सकेको छैन, हमासले १ महिनाभरी रक्षात्मक अबस्थामै बस्नु पर्ने भयो । हमासले आक्रमक रोक्नलाई २ सयमाथी बन्दिलाई हतियार बनाउछु भन्दा पनि २ सय माथीका बन्दिलाई वेवास्ता गर्दै इजरायलले निरन्तर आक्रमण गरिरहेको छ ।

गाजा क्षेत्रमा भइरहेको निरन्तर हवाई आक्रमणले मानवीय संकट गहिरिँदो छ । प्यालेस्टिनी ऊर्जाको बारुद र अरब मुलुकको सहयोगका माध्यमबाट इजरायलको नामोनिसान मेटाउने प्रण बोकेको प्यालेस्टिनी हमास समुहले रुस– युक्रेन युद्धलाई नै ओझेलमा पारेको छ । गाजामा अहिले लगातार आक्रमण गरिरहेको छ । जसमा प्यालेस्टिनी तर्फ १००२२ जना भन्दा माथी मृत्यू भएको छ । इजरायलको सुरक्षा बल (आइडिएफ) अहिले गाजामा हमला गरिरहेको छ । १ महिना सम्ममा पनि युद्ध चलि रहेको छ । यो युद्धले नित्याउने संकटलाई लिएर अहिले समग्र विश्व चिन्तित बनेको छ ।