Breaking

वर्तमान राजनीतिक व्यवस्था जोगाउन एकता र सहकार्यको आवश्यकता छः अध्यक्ष नेपाल


काठमाडौँ– नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक व्यवस्था जोगाउनका लागि पार्टीहरुका बिचमा एकता र आपसी सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ । मंगलवार सर्वदलीय बैठकमा सहभागी भएर निस्किने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले वर्तमान राजनीतिक व्यवस्थालाई जोगाउनका लागि पार्टीहरुका बीचमा आपसी सहकार्य र एकता आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले जनजीविकाको सवालमा पार्टीहरुले देश र जनताको हितलाई सर्वोपरी राखेर अगाडी बढ्नुपर्ने बताउनु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तनको आवश्यक नभएको पनि बताउनु भयो । उहाँले वर्तमान व्यवस्थामा सुधारको भने खाँचो रहेको औँल्याउनु भयो । उहाँले देशमा भ्रष्टाचार, विकृति र विसंगतिहरुको अन्त्य गर्दै जनताको अवस्थामा पनि आमुल परिवर्तन गर्नुपर्ने बताउनु भयो । उहाँले शान्ति प्रक्रियालाई छिट्टै निष्कर्षमा पु¥याउनुपर्ने बताउनु भयो ।