Breaking

संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेताहरु एक ठाउँमा हुनुहुन्छः प्रधानमन्त्री


काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेताहरु एक ठाउँ उभिएको बताउनुभएको छ । मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भुमिका खेल्ने पार्टी र नेताहरुको समीक्षात्मक बैठक निरन्तर राख्नेबारेमा पनि एकमत भएको बताउनु भयो । बैठक कसैसँग डराएर नभइ समीक्षा गर्नका लागि बसेको बताउनु भयो ।