समाचार

भूकम्प अपडेट : रुकुम पश्चिममा २ हजार बढि घरमा पूर्ण क्षति


रुकुम पश्चिम । शुक्रबार राति गएको भूकम्पले रुकुम पश्चिममा २ हजार १३६ घर पूर्ण क्षति भएका छन् । २ हजार ६४२ आंशिक र ४ हजार ६७० सामान्य क्षति भएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार प्रारम्भिक रुपमा संकलित विवरण अनुसार भूकम्पले रुकुम पश्चिममा २ अर्ब ४५ करोड ५ लाख रुपैयाँको क्षति भएको छ ।

भूकम्पको कारण जिल्लामा ५२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन् । घाइतेमध्ये २७ जनालाई थप उपचारको लागि सुर्खेत, नेपालगञ्ज र काठमाडौं पठाइएको छ भने १७४ जना डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न अस्पतालहरुमा अहिले २६ को उपचार भइरहेको छ ।