राजनीति

रास्वपाले मधेसमा गर्न लागेको सवै बैठक स्थगित


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसमा गर्न लागेको केन्द्रीय समिति र संसदीय दलको बैठक स्थगित गरेको छ ।

पार्टी संयन्त्र भूकम्प पीडितको उद्धार र राहतमा संलग्न रहेकाले बैठक स्थगति गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । कात्तिक २२ र २३ गतेका लागि मधेसमा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने निर्णय पार्टीले गरेको थियो । बैठक छठ पछि मात्रै बस्ने रास्वपाले जनाएको छ ।