Breaking

टी–ट्वेन्टी विश्वकप एशिया क्षेत्र छनौटको उपाधि ओमानलाई

नेपाल सुपर ओभरमा पराजित


काठमाडौँ– आइसीसी टी–ट्वेन्टी विश्वकप एशिया क्षेत्र छनौटको उपाधि ओमनले जितेको छ । कीर्तिपुरमा आइतबार भएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमनले उपाधि उचालेको हो । ओमनले अपराजित रहँदै उपाधि जितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा ओमनी ब्याटर नसिम खुसी अकिब इलियासले २१ रन बनाएका थिए । २२ रनको लक्ष्य पाएको नेपालले १० रन मात्रै जोड्न सक्यो । त्यसअघि नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा ओमानलाई अन्तिम ओभरमा ८ रन चाहिएकोमा नेपालका सन्दीप लामिछानेले पहिलो बलमा एक रन दिँदा दोस्रो र तेस्रो बलमा विकेट लिए । ओमानका लागि चौथो बलमा फयज बटले एक रन र पाँचौ बलमा नदीमले चौका प्रहार गरे ।

अन्तिम बलमा दुई रन लिनु पर्ने स्थितिमा ओमानले एक रन मात्र जोड्न सक्यो । दुई रन लिने क्रममा ओमानका फयज बट रन आउट भए । ओमानका लागि कश्यप प्रजापति ६३ रन जोडेका थिए । पहिले ब्याटिङ उत्रिएको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १८४ बनाएको थियो । खेलको मध्य क्रममा धर्मराएको नेपालको ब्याटिङलाई गुल्सन झा र रोहितकुमार पौडेलले सम्हालेका थिए । गुल्सन झाले २५ बलमा ५४ रनको योगदान गरे भने रोहित पौडेलले नटआउट ५२ रन जोडे ।