काठमाडौं । संघीय संसद्अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । प्रतिनिधि सभाबैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरु बाट टेबुल गरिने कार्यसूची छ ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाट प्राप्तकार्यभार तोकिएको सम्बन्धी पत्रहरूका ेव्यहोरा पढेर सुनाउने कार्यसूची समेत छ । यस्तै,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेश गर्नुहुने छ ।


प्रतिक्रिया