Breaking

रिगलको कैद मिनाहाविरुद्धको रिटमा आज फैसला आउँदै


काठमाडौं । संविधानदिवसको अवसरमाकैद सजाय मिनाहा पाएका रिगल भनिने योगराज ढकालको मुद्दामा सर्वोच्च अदालतले आज निर्णय सुनाउदै छ ।

कायममकायमू प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपनाप्रधानमल्ल र डा.कुमार चुडालको इजलासले बिहीबार निर्णय सुनाउने आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्द घिमिरेले बताउनुभयो । बाँकेका रिगलको कैद सजायमिनाहागर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमाथि मंगलबार र बुधबार सर्वोच्च अदालतमा सुनुवाइभएको थियो ।

आफ्नापति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र कार्यान्वयनगर्ने राष्ट्रपतिको निर्णय खारेजीको मागगर्दै चेतनकी श्रीमती भारतीले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

२०७२ साल असार २८ गते बाँकेको नेपालगन्ज–१६ को मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटल अगाडि रिगल सहितको करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको थियो । सोही प्रकरणमा अदालतले रिगललाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको थियो ।