काठमाडौँ — टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । जारी छनोट प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । जितसँगै समूहगत चरणको अन्तिम खेलअगावै नेपाल र ओमान प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । क्रिकेट भन्ने बितिकै हामी अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, न्यूजीलैंड, पाकिस्तान, श्रीलङ्का जस्ता महारथी देशहरुलाई चिन्छौँ ।
तथापी पछिल्लो समय भने नेपाली क्रिकेट पनि यी देशहरु भन्दा कम छैन । त्यसो त चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा विश्व कीर्तिमान कायम गर्न सफल सफल भए । सफल्ताको केन्द्रमा रहेको नेपाली क्रिकेटले मंलबार जादूमय खेल देखायो ।
नेपाललाई जिताउने क्रममा आईसीसी टी–२० विश्वकप एसिया छनोट क्रिकेटमा ब्याट्सम्यान कुशल मल्ल र कुशल भुर्तेलको विष्फोटक ब्याटिङले नेपालले सानदार जीत हात पारेको छ । नेपालका बायाँहाते कुशल मल्लले मलेसियाविरुद्ध अर्धशतकीय इनिङ्स समेत पूरा गरेका छन् । जितसंगै पत्रकारसंग कुरा गर्ने क्रकमा फिनिस गर्न नसकिएन र अरु सबै राम्रो भएको बताए ।
नेपालले मलेसियाविरुद्ध ६ विकेटको जित हात पारेको हो । मलेसियाले नेपालसामू जितका लागि १ सय ६६ रनको चुनौती पछ्याउने क्रममा ३४ बलमा मल्लले सात वटा छक्का र दुई चौकाको मद्धतमा ६५ रन बनाए भने भुर्तेलले ४३ रन बनाएका थिए । यस्तै आशिफ सेख ३२ रन बनाएर आएट भए । उनले २३ बलमा ३२ रन आउट भएका हुन्। उनले एक चौका र दुई छक्का हाने। कप्तान रोहित पौडेल ८ बलमा दुई रन बनाएर आउट भए। सन्दीप जोरा १६ बलमा १८ र विवेक यादवले दुई बलमा २ रन अविजित रहे । त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस जितेर पहिला ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको हो ।
आक्रामक सुरुवात गरेको मलेसियाले पाँच ओभरमा बिना क्षति ५४ रन बनाएको थियो। छैटौं ओभरमा मलेसियाको पहिलो विकेट खसेको थियो । त्यसपछि मलेसियाको आक्रामक ब्याटिङमा नेपालले नियन्त्रण गरेको थियो । नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एक/एक विकेट लिए ।
एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपाल र मलेसिया दुबैको यो दोस्रो खेल हो । यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । मलेसिया भने आफ्नो पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । आठ राष्ट्रको सहभागिता रहेको यो छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।
सन् २०२४ को टी—२० विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । यता नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सबै खेल गुमाउने पक्का भएको छ । अभ्यासको क्रममा फिल्डिङ गर्नेक्रममा उनको बायाँ खुट्टाको एंगलमा चोट लागेको थियो । मंगलबार मलेसियासँगको खेलपछि पत्रकारसँग बोल्नेक्रममा स्पिनर सन्दीप लामिछानेले दीपेन्द्रलाई ठिक हुन एक डेढ महिना समय लाग्ने बताएका छन् । उनले दिपेन्द्र सिंह ऐरीको नेपाली टिममा कमि महसुस हुने समेत बताए ।
त्यसो त खेलको स्तर सुधार्न बलिया टिमसँग भेट्नु नै पर्छ नेपालले । देशमा पूर्वाधारको कमी छ । बजेट उल्लेख्य छैन । मैदान नहुँदा अभ्यास गर्न पाउँदैनन् खेलाडीले । नियमित अभ्यासमात्र हैन बेलाबेला प्रतिस्पर्धा पनि हुनुपर्छ निखार्न । यो अवसरबाट वञ्चित हुँदै आएको नेपाली खेलाडी । यस्तो अवस्थामा पनि नेपाली समर्थकको अगाध माया छ क्रिकेट टोलीलाई । यही बलमा नेपाली खेलाडी मैदानमा पछिल्लो समय कम्मर कस्सेर लागेको छ बलियो बन्न ।
खेलाडीको प्रदर्शन र क्षमताको आधारमा कुनै देशले खेलकुदमा गरेको लगानीको मापन हुन्छ । विश्वका हरेक देशले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रूपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन । सरकारले दिन्छु भनेको पुरस्कार समेत महिनौसम्म पनि खेलाडीको हातमा पुरस्कार नपुग्दा खेलाडी विदेश पलायन हुन्छ की भन्ने डर दर्शकहरुको मनमा उतिकै छ । यतिको राम्रो लयमा रहेको देशको गहनालाई सरकारले समयमै ध्यान दिएर आगामी दिनमा अघि बढ्न जरुरी छ ।
प्रतिक्रिया