काठमाडौँ – आईसीसी टी-२० मेन्स विश्वकप २०२४ को एसिया क्वालिफायर १३ कात्तिकदेखि काठमाडौंमा सुरु हुँदैछ ।
८ टिमले प्रतिस्पर्धा गर्ने एसिया क्वालिफायरबाट शीर्ष दुई टोली अर्थात फाइनल खेल्ने दुई देश अर्को वर्ष हुने टी(२० विश्वकप खेल्नेछन् ।
आयोजक नेपालसहित बहराइन, हङकङ, कुवेत, मलेसिया, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स ९यूएई० ले आईसीसी टी(२० मेन्स विश्वकप एसिया क्वालिफायर फाइनल २०२३ मा प्रतिस्पर्धा गर्नेछन् ।
३० अक्टोबरदेखि ५ नोभेम्बर ९१३(१९ कात्तिक० सम्म चल्ने प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । ३ नोभेम्बरमा हुने सेमिफाइनलको विजेता दुई टिमले वेष्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी(२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।
यस्तै छनोट हुने दुई टिमबीच ५ नोभेम्बरमा हुने एसिया क्वालिफायरको उपाधिका लागि फाइनल खेल हुनेछ ।
प्रतिक्रिया