देश

राष्ट्रपति पौडेलबाट आज नवदुर्गा भवानीको पूजाअर्चना


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आज नवदुर्गा भवानीको पूजाअर्चना गर्नु हुनेभएको छ ।

राष्ट्रपति पौडेलले राष्ट्रप्रमुखका रूपमा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिर दिउसो ४ बजे नवदुर्गाको पूजाअर्चना एवम् दर्शन गर्नुभई प्रसाद ग्रहण गर्नुहुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदै छ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ ।