Breaking

मलेसियाबाट उपाधि बोकेर फर्कियो नेपाली क्रिकेट टोली, विश्वकप जित्ने लक्ष, विमानस्थलमा भव्य स्वागत


काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोली बिहीबार बिहान स्वदेश फर्किएको छ । मंगलबार क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १९ रनले हराउँदै उपाधि जितेको थियो । नेपाली क्रिकेटले दसैंका लागि सबै खेल प्रेमीलाई मिठो उपहारकासाथ मलेसियाबाट स्वदेश फर्किएको छ ।

मंगलबार क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा भएको फाइनल खेलमा (यूएई)लाई डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १९ रनले हराउँदै उपाधि जितेको थियो । प्रतियोगिताभर नेपाल अपराजित पनि रह्यो । आफूले खेलेको पाँचवटै खेलमा विजयी हुँदै नेपालले उपाधि चुमेको हो । यता आफ्नो उपाधी भित्र्यादै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकाहरुसंग कुरा गर्दै कप्तान देव खनालले एसिया कप र विश्व कप पनी जित्ने लक्ष्य रहेको बताएका छन् ।

त्यस्तै मुख्य प्रशिक्षक जगत टमाटाले यु–१९ टोलीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै जितको सम्पूर्ण श्रेय उनीहरुलाई नै दिने बताए । भविष्यमा उनीहरुको राम्रो संकेत देखिएको बताउँदै उनले भने, ‘केटाहरु सिनियरका लागि नक गर्दैछन् । उनीहरुले गरेको पर्फमेन्सलाई हेरेर ओभरअल क्रेडिट म प्लेअरहरुलाई दिन्छु । किनभने उनीहरुले जुन पर्फमेन्स गरेका थिए, सुपर थियो त्यो । उनीहरुले राम्रो मिहिनेत गरिरहेको भन्दै टमाटाले अब एसिया कप र वर्ल्डकपका लागि चुनौती रहेकाले आवश्यक तयारी गरिरहेको बताए ।

प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले जापानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय ४४ रनको विशाल अन्तरले हराएको थियो । त्यसअघि समूहगत चरणमा पनि नेपालले तीनवटै खेल जितेको थियो । नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो । दोस्रो खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गरेको थियो । नेपालले तेस्रो खेलमा साउदी अरेबियालाई तीन सय दुई रनले हराएको थियो ।

प्रतियोगितामा १६ वटा राष्ट्र सहभागी थिए । यो प्रतियोगिताबाट तीन वटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू—१९ एसिया कपमा छनोट भएका छन् । छनोट प्रतियोगितामा पहिलो हुने नेपाल र दोस्रो हुने यूएई एसीसी यू—१९ एसिया कपको समूह ‘ए’ मा परेका छन् ।

पाकिस्तानमा हुने प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान पनि छन् । मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा तेस्रो हुने टोली जापान भने एसीसी यू—१९ एसिया कपको समूह ‘बी’ मा परेको छ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलङ्का र अफगानिस्तान रहेका छन् ।

नेपालले देखाएको यो राम्रो लक्षण आगामी दिनको नेपाली क्रिकेट जगतमा उदीयमान साबित हुने सम्भावना छ । सुविधासम्पन्न अन्तर्राष्ट्रिय रंगशाला नभएको नेपालको क्रिकेट यू—१९ को लय आगामी दिनको बिष्फोट हो । यस्लाई सरकार र सरोवाला निकायले समयमै ध्यान दिएर क्रिकेट जगतलाई जोगाउन जरुरी छ ।