समाचार

आज पनि लगाइँदै बडादसैँको टीका


काठमाडौँ – विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज (आश्विन शुक्ल पक्षको द्वादशी) पनि दसैँको टीका लगाउँदैछन्।

बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परंपरा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारी कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताउँछन्।

टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने क्रम पूर्णिमासम्मै जारी रहन्छ।
आफूभन्दा अग्रज मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रहिआएको छ।

ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दसैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको पर्वका रुपमा लिने गरिन्छ ।