काठमाडौँ — त्रिकोणात्मक श्रृंखला अन्तर्गत नेपालले हङकङलाई ७९ पराजित गर्दै फाइनल प्रवेश गरेको छ । २ सय १४ रनको लक्ष्य पछ्याएको हङकङले सबै ८ विकेट गुमाएर जम्मा १३४ रन बनाएको थियो । दिपेन्द्रसिंह ऐरी र कुशल मल्लले विष्फोटक ब्याटिङ गरेपछि नेपालले विशाल लक्ष्य दिन सफल भएको थियो । दशैंको रौनकतासँगै नेपालीहरुमा किक्रेटको सफलताले एकपछि अर्को खुशी थपिदिएको छ ।
दशैंको खुशियालीमा मानिसहरु जन्मथलो पुग्दै गर्दा मुलपानी क्रिकेट रंगशालामा नेपाली खेलाडीहरुले देखाएको प्रदर्शनले थप हर्ष बढाई रहेको छ । शनिवार त्रिकोणात्मक श्रृंखला अन्तर्गत नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको छ । २ सय १४ रनको लक्ष्य पछ्याएको हङकङले ८ विकेट गुमाएर जम्मा १३४ रन बनाएको थियो । दिपेन्द्रसिंह ऐरी र कुशल मल्लले विष्फोटक ब्याटिङ गरेपछि नेपालले विशाल लक्ष्य दिन सफल भएको थियो ।
विष्फोटक ब्याटिङ गर्ने क्रममा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी विश्व कीर्तिमानी ब्याट्सम्यान बनेका छन् । त्रिकोणात्मक टी—२० शृंखलाअन्तर्गत शनिबार काठमाडौँको मुलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा यी दुई नेपाली ब्याट्सम्यानले विश्व कीर्तिमान बनाएका हुन् । हङकङविरुद्धको खेलमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पाँचौँ विकेटका लागि एक सय ४५ रनको साझेदारी गरेका थिए ।
यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौँ विकेटका लागि न्युजिल्यान्डका मार्क च्याम्पम्यान र जेम्स निसामले एक सय २१ रनको साझेदारी गरेका थिए । सन् २०२३ को अप्रिल २४ तारिखमा खेलिएको पाकिस्तानविरुद्धको खेलमा मार्क र जेम्सले पाँचौँ विकेटका लागि अविजित एक सय २१ रनको साझेदारी गरेका थिए । त्यो खेलमा मार्कले अविजित एक सय चार र जेम्सले अविजित ४५ रन बनाएका थिए । हङकङविरुद्धको खेलमा भने कुशल र दीपेन्द्रले पाँचौँ विकेटका लागि एक सय ४५ रनको साझेदारी गरे । जितसंगै नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले आफु खुशि रहेको र दिपेन्द्र सिहं ऐरी र कुशल भुर्तेलको साझेदारीको प्रसंसा गरे
नेपालका लागि कुशल मल्लले ९२ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले केवल ४१ बलको सामना गरी नौ छक्का र तीन चौका हिर्काए । कुशलले अर्धसतक बनाएलगत्तै नेपालका अर्का अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले पनि अर्धसतक पुरा गरेका थिए । छैठौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्रले पेभेलियन फर्किनुअघि टोलीका लागि ५७ रनको योगदान गरे । उनले ३४ बलको सामना गरी दुई छक्का र ६ चौका हिर्काएका थिए ।
नेपालले केवल ५५ रनको कुल स्कोरमा नेपालले चौथो विकेट गुमाएको थियो । त्यसपछि कुशल र दीपेन्द्रले नै नेपालको पाली समालेका थिए । उनीहरुले एक सय ४५ रनको उत्कृष्ट साझेदारी गरेका थिए । नेपालका लागि मल्लले ४१ बलमा ९२ रन, ऐरीले ३४ बलमा ५७ रनको योगदान दिए । कुशल भुर्तेल २ रनमा आउट हुँदा आशिफ सेख २०, सोमपाल ८, कप्तान रोहित पौडेलले ११ रन बनाए । यस्तै सन्दीप जोरा र गुलशन झाले एक एक रन बनाए ।
यता क्रिकेटर ललित राजवंशीले यो खेल भन्दा पनि अझै विश्व क्रिकेट सिरिज महत्व हुने भएकोले त्यो अनुसारको रणतिनी रहेको बताए । नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो । आजको खेलमा विजयी भएसँगै नेपाल एक खेल अगावै फाइनलमा स्थान बनाएको छ । नेपालले लिग चरणको अन्तिम खेलमा सोमबार यूएईसँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।
प्रतिक्रिया