काठमाडौँ — वर्षदिनमा आउने दशै–तिहार जस्ता चाडपर्वले पारिवारिक पुर्नमिलन एवं भेटघाट गर्ने अवसरको सिर्जना गर्छ । दशै–तिहारताका पारिवारिक जमघटले जति हर्ष उल्लास प्रदान गर्छ पूर्वतयारीको क्षण सर्वसाधरणका लागि उत्तिकै सकसपूर्ण हुने गर्छ । गैरजिम्मेवार सरकार र नीजि क्षेत्रको मनोमानीले चाडपर्व सर्वसाधरणका लागि भने सास्तीपूर्ण बन्ने गरेको छ ।
झट्ट हेर्दा मंसिर चारको चुनावको झल्को दिने यो लाईन राष्ट्रिय चाड दशैको मुखमा राज्यले दुई किलो चिनी दिने आशा सहित लाइनमा बसेका सर्वसाधरणको हो । बजारमा चिनीको अभाव र चर्को मुल्यवृद्धिपछि चिनी पाउने आसमा आम सर्वसाधरण सरकारले दशै लक्षित सुरु गरेको सहुलियत पसलसम्म पुगिरहेका छन । तर विडम्बना चिनीको खोजीमा घण्टौ लाइन बसेका सर्वसाधरण सरकारले नै सञ्चालन गरेको सहुलियत पसलबाट समेत रित्तो हात फर्किन बाध्य छन । सहुलियत पसलमा चिनी छैन भन्ने सुचना टाँसिएको छ । मुल्यसूचिमा चिनी अटाएको छैन ।
चिनी मात्र होइन सहुलियत पसलको सुचिमा रहेका अन्य खाद्यन्न समेत सर्वसाधरणले सहज ढंगले पाउन सकेका छैनन् । सरकारको सहुलियत पसल नाम मात्रको पसल बनेको छ । आवश्यक सामना खरिद गर्न सहुलियत पसलमा पुगेको सर्वसाधरणको यो आक्रोश नियाले पुग्छ ।
सरकारले सञ्चालनमा ल्याएको सुपथ मुल्य पसल आम सर्वसाधरणका लागि सहजता भन्दा सास्ती दिने मेलो बनेको छ । यता नयाँ नोट सटही गर्ने सवसधारणको समस्या पनि कम छैन । नयाँ नोट साट्नकै लागि दिनभर लाइन बस्नुपर्ने बाध्यतामा सर्वसाधरण छन् । आम सर्वसाधरणको यो समस्या नयाँ होइन । सरकारको नियतकै कारण हरेक वर्ष दशै–तिहारताका सर्वसाधरणले यो नियती भोग्दै आएका छन ।
आर्थिक मन्दी, बजारको आकाशिएको मुल्यवृद्धि, त्यसैमाथि सडक यातायात, हवाई यातायात खाद्यन्नदेखि रहेक क्षेत्रमा चाडपर्वको नाममा सर्वसाधरण पाइला पाइलामा लुटिन बाध्य छन । चाडपर्वमा सरकारकै मिलेमतोमा बजारमा वेथिति मौलाउने गरेको उपभोक्ता अधिकारकर्मीको तर्क छ ।
सीमित व्यक्ति लाभाम्वित हुने र सर्वसाधरण मारमा पर्ने गरेको उनीहरुको भनाई छ । आर्थिक मन्दीले महंगिएको सर्वसाधरणको भान्सा चाडपर्वमा थप महंगो बन्ने गर्दछ । सरकारले दिने सेवा सुविधा केवल सर्वसाधरण लुट्ने धन्दा बनिरहेको छ । खाद्यान्न, मासु, मदिरा, लत्ता कपडालगायत सबै बस्तुको भाउ बढ्दा धेरैका लागि चाडवाडको रमाइलो भन्दा खर्च धान्नै नसक्ने समस्यामा परिणत हुन थालेको छ । चाडपर्व दु.ख बिसाउने नभई दु.ख दिने मेलो बन्न थालेको छ ।


प्रतिक्रिया