Breaking

ओलीसँग शेखरको गोप्य सम्झौता, देउवा–प्रचण्ड सक्ने रणनीति होला सफल ? कांग्रेस फुट्ने नै हो ?


काठमाडौँ — कोशीमा शेखर कोईराला वोकेर अघि बढेका एमाले अध्यक्ष केपी शर्मा ओली यसैको भरमा गठबन्धन फोड्ने दाउमा छन । जहाँ शेखर माओवादीलाई वेवास्ता गर्ने नै बाटोमा अघि बढ्दा उनीहरुबीच प्रदेशदेखि केन्द्रसम्म सहकार्य गर्ने लिखित सहमति नै भएको खवरहरु बाहिरिएका छन । जसको नतिजा शेखर अवको प्रधानमन्त्री हुन त भन्ने चर्चा चुलिएको हो । चिर्कटोमा हस्ताक्षर गरेर आफ्ना सभापति शेरबहादुर देउवा तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई गठबन्धन जोगाउने विश्वास दिलाएका डा. शेखर कोइरालाले एमालेसँग घोषित सहकार्य अगाडि बढाएका छन ।

विद्रोहको केन्द्र कोशीमा उनको समूहबाट मुख्यमन्त्री बनेका केदार कार्कीले एमाले सांसदलाई मन्त्री बनाएर यसलाई औपचारिकता दिदा कोईराला आफ्नो निर्णय पुर्नविचार नगर्ने पक्षमा रहेको प्रष्ट भएको हो । त्यस्तै सर्वदलिय सरकार बनाउने प्रयासको चर्चा र कार्की गठबन्धनको मुख्यमन्त्री भएको माओवादी नेताहरुको भनाईलाई नै एमाले नेताहरुले भने कोशीको सरकार फुटाउने षडयन्त्रको संज्ञा दिईसकेका छन ।

यसको अर्थ कोशीमा एमाले र कांग्रेसकोक कोईराला पक्ष नै मिलेर अघि बढ्ने विश्लेषणलाई बल पुगेको हो । फलत ः कोशीबाट सुरु भएको हलचल अन्य प्रदेश हुदै केन्द्रसम्म पुग्ने र प्रचण्ड सरकार ढल्ने विश्लेषण सुरु भएको छ । जहाँ अवको परिस्थिती कसरी विकास हुन्छ भन्ने विषय संस्थापन पक्षको कदममा भर पर्ने कोईराला पक्षका नेताहरुको दावीका विच कोईराला नै प्रधानमन्त्री बन्ने चर्चा समेत सुरु भएको हो ।

यता कोईराला पक्षीय नेता तथा सांसद सञ्जय गौतमले ओली र कोइरालाको रोहबरमा भएको सहमतिमा प्रदेशदेखि राष्ट्रिय सरकार निर्माणमा समेत मिलेर अघि बढ्ने प्रतिबद्धता जनाइएको बताएका छन । यसको लागि लिखित सहमती नै भएको उनको दावीले कोईराला प्रधानमन्त्रीकै वाटोमा रहेको चर्चालाई समेत वल पुर्याएको छ । जहाँ देउवालाई नेतृत्व लिन कोईराला पक्षले बढाईरहेको पेलान ठुलो दलका रुपमा प्रधानमन्त्री बनाउने तर विश्वासको मत पुर्याउन नदिने रणनिति भएको यसअघिबाटै चर्चा छ । जसले शेखरलाई नै प्रधानमन्त्री बन्ने वाटो खुल्ने र यसका लागि एमालेको पनि साथ रहने विश्लेषण समेत हुदै आएको थियो । जहाँ त्यो अवस्था आए कांग्रेस र नेपाली राजनीति दुवैका लागि राम्रो हुने विश्लेषक डा.प्रेम शर्मा बताउछन ।

तर अवस्था त्यति सहज छैन । समाजवादी मोर्चाका नाममा प्रचण्डले होल्ड गरेको सांसद संख्या नै नयाँ समिकरणको एउटा धक्काको आधार बनेको छ । यद्यपी शेखर पक्ष,एमाले र अन्य दल मिलेर नयाँ समिकरण बनाउन सक्ने अवस्था छ भने यसरी बन्ने संविधानको धारा ७६ को उपधारा ५ को सरकारका लागि सांसदलाई ह्वीप नलाग्ने व्यवस्था कोईरालाका लागि सहयोगी सिद्ध छ । त्यस्तै यसका लागि संसदीय दलको नेता हुनुपर्ने बाध्यता समेत नरहँदा विश्वासको मत पाउने अवस्था एमालेले ग्यारेन्टि गरे कोईरालाले यो कदम नचाल्लान भन्न सकिदैन ।

तर आगामी महाधिवेशन बाट कांग्रेसकै नेतृत्व गर्ने तयारीमा रहेका उनलाई प्रधानमन्त्री बन्नकै लागि उठाउने जोखिम भने भारी पर्न सक्छ । यतिको विद्रोह चुपचाप देउवाले सहन सक्ने सम्भावना नरहदाँ कोशीमा कोइराला एक्लै बढेपछि उनकै समूहमा पनि अविश्वास बढेको छ । कोशीका विषयमा कोइरालाले सीमित नेताहरूसँग मात्र छलफल गरेका थिए । जसकारण महामन्त्री थापा कोइरालासँग रुष्ट छन भने उनीहरुविच संम्वादहिनताकै अवस्था रहेको खवरहरु बाहिरएका छन ।

फलत ः यसअघि पनि उनीहरुको विचदेखिएको तिक्ततामा खेलेर पार्टीमा प्रश्नबाट बचेको देउवाल अहिले पनि यसैमा खेल्ने बाटोमा छन । यसको अर्थ कोईराला आफ्नै गुट समेत जोगाउन नसक्ने अवस्था बन्दा प्रधानमन्त्रीकै लागि जस्तोसुकै जोखिम उठाउने सम्भानवा न्यून देखिन्छ । जसले कांग्रेसकै फुटसम्म नआउला भन्नेमा माओवादी ढुक्क देखिन्छ ।

हुन तकोइरालाको कदमले कांग्रेसको संस्थापन पक्ष सशंकित बनेको छ । कोशीमा अनपेक्षित उनको कदमले केन्द्रमै पनि अनपेक्षित नतिजा नआउला भन्नेमा विश्वस्त हुन नसकेकै कारण कांग्रेसको संस्थापन पक्ष र सत्तागठबन्धन डा. कोइरालाले कोशीमा चालेको कदमको अन्य प्रदेश र राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा मन्थनमा जुटेका । तर एमालेलाई मन्त्री बनाएर विश्वास दिलाएर दशै अघि नै विश्वासको मत लिने कार्कीको तयारी भने कोशीबाटै समस्या समाधानको अश्त्र नवन्ला भन्न सकिन्न ।