Breaking

रविलाई नीतिकै सकस, गणतन्त्र छान्ने कि राजा ? प्रदेश के गर्ने ? भुई मान्छेपछि विज्ञसँग राय लिँदै


काठमाडौँ — वैकल्पिकशक्ति रास्वपाको वैचारिक सिद्धान्तलाई लिएर चौतर्फी आलोचना हुन थालेपछि पार्टी निरन्तर दस्तावेज निर्माणमा जुटिरहेको छ । न नीति न थिति भन्ने ट्याग लागेको रास्वपा त्यही दागलाई मेटाउन फेरि नीति मन्थन भन्दै विज्ञसँग राय सुझाव संकलनमा लागेको छ ।

नीति, विचार, सिद्धान्तभएनभन्ने आलोचनाबाट थाकेको राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नो मार्ग पहिल्याउन निरन्तर छलफलमा छ । पार्टी स्थापनाको डेढ वर्ष लाग्दै गर्दा पनि अहिलेसम्म सैद्धान्तिक धार स्पष्टपार्न नसकेको रास्वपापार्टीको वैचारिक दस्तावेज तयार पार्न लागिपरेको हो । केन्द्रीय सदस्यको छलफल पछि रोल्पासहितको १९ जिल्ला पुगेर नीतिनिर्माणमा जनभावबुझेको रास्वपा अब विज्ञसँग छलफलगर्दै नीतिमन्थनमा जुटेको छ ।

भिडियो