Breaking

एमालेको मिसन—२०८४ एकल बहुमतको सरकारः ओली


काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन—२०८४ एकल बहुमतको सरकार रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताउनु भयो ।

उहाँले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव नरहेको बताउनु भयो । उहाँले अहिले अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेको बताउनु भयो । उहाँले आफूलाई अध्यावधिक नगरेका कारण काँग्रेस बुढो भएको बताउनु भयो । उहाँले काँग्रेसको कुनै नीति र विधि नरहेको बताउनु भयो । अध्यक्ष ओलीले उद्देश्य र गन्तव्य बोकेर हिँडेको पार्टी पुरानो नहुने बताउनु भयो ।