Breaking

दशै अगावै विश्वासको मत लिने कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीको तयारी

माओवादीले विश्वासको मत दिने


काठमाडौँ– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी गर्नुभएको छ । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कार्तिक १ गतेका लागि बोलाइएको छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि दलका नेताहरूसँग छलफल गर्ने तयारी गर्नुभएको छ । विश्वासको मत लिने प्रस्तावको सूचना आज प्रदेशसभा सचिवलाई दिने कोशी प्रदेश सचिवालयले जनाएको छ । यसैबिच, नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने भएको छ ।