Breaking

कोशी कांग्रेस संसदीय दलका नेता उद्धव थापाद्वारा पदबाट राजीनामा


काठमाडौँ– कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिनुभएको छ । आफ्नै पार्टीका नेता केदार कार्की मुख्यमन्त्री भएपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिएको उहाँले बताउनुभएको छ । पार्टी र प्रदेशसभा संसदीय दलको निर्णय विपरीत पार्टीले विद्रोह गरेर उम्मेदवार बनेका सांसद केदार कार्कीलाई मुख्यमन्त्री मान्न तयार भएपछि थापाले आफूले नैतिकताका हिसाबले पदबाट राजीनामा दिनुभएको हो । मुख्यमन्त्रीका लागि दुई पटकसम्म विश्वासको मत लिन प्रयास गर्दा पनि नपाएका थापाले यसअघि भने संसदीय दलको नेता समेत छोड्न तयार हुनु भएको थिएन ।।