Breaking

गठबन्धनबाट मुख्यमन्त्री प्रस्तावित आङ्वो सनाखतमा नजाने


काठमाडौँ – गठबन्धनले मुख्यमन्त्री प्रस्ताव गरेका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्वो सनाखतमा नजाने भएका छन् ।

सरकार गठन गर्न बहुमत पुर्याउन आफ्नो दाबी नपुग्ने भन्दै आफूहरु सनाखतमा नजाने तय भएको आङ्वोले बताए ।

गठबन्धनका शीर्ष नेताबीच सहमतिको प्रयास भइरहेका कारण तत्काल सनाखतमा नजाने उनले जानकारी दिए ।

कांग्रेसका ८ जना सांसद सशरीर उपस्थित भई सनाखत गर्न गएकाले आफूहरुको दाबी नपुग्ने उनले बताए ।