Breaking

शेखर पछार्न शंशाक बोक्दै देउवा, सिंह र सिटौलासंगै आरजु पनि मैदानमा, महामन्त्रीवरुद्ध पुर्वमहामन्त्री


काठमाडौँ — पार्टीको नेतृत्व नै हत्याउनेगरि कांग्रेसमा देउवामाथि दवाव बढाईरहेको शेखर समूह झनै आक्रामक बनेको छ । हुँदाहुँदा कोशीमा पार्टी फुुटकै अवस्थामा पुगेको छ । अर्कोतर्फ शेखरका एकपछि अर्को संस्थापन विरोधी कदमले आफूलाई देउवाको उत्तराधिकारी मान्ने नेताहरुसमेत झस्किएका छन् । फलतः उनीहरु पनि अब चलायमान देखिन थालेका छन् । अहिले कोशीमा फुटेको कांग्रेसको केन्द्रिय नेतृत्व आन्यौलमा मात्र छैन तनावकै अवस्थामा छ ।

शेखर कोइराला समूहले कोशीमा पार्टीकै सांसदहरुलाई केन्द्रिय सभापतिको निर्णयविरुद्ध प्रतिपक्षको कित्तामा उभ्याएपछि देउवाका उत्तराधिकारीहरु भने काठमाडौंमा एकजुट भएको सन्देश प्रवाह गरिरहेका छन् । तेश्रो कार्यकालका लागि देउवा सभापति बन्न नपाउने भएपछि संस्थापन पक्षकै उत्तराधिकारीको आकांक्षा गर्नेहरु उकुसकमुकुस भएर बसिरहेका थिए । तर शेखर पक्षले नेतृत्वमाथि दिन प्रतिदिन दवाव बढाउँदै लगेपछि १४ औँ महाधिवेशनमा देउवालाई सभापति बनाउन आफ्नो दावी छाडेकाहरु नै अहिले जुर्मराएका हुन् ।

देशभर पार्टी रुपान्तरण अभियानदेखि अरु दवावमूलक कार्यक्रम चलाईरहेको इतर समूह आफूमाथि भारी पर्न थालेपछि संस्थापन पक्षका नेताहरु हच्किएकाछन् । केन्द्रमा सरकारको विरोध गर्नेदेखि मन्त्री नै फिर्ता बोलाउनुपर्ने आवाज उठाईरहेको शेखर पक्षले कोशी प्रदेशमा भने आफ्नो शक्ति देखाएको छ । अब दबिएर नबस्ने निश्कर्षमा पुगेका तीन पूर्व महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला एकै मञ्चमा देखिए । उनीसँगै केन्द्रिय सदस्य आरजूपनि झुल्किइन् । कोशी राजनीतिलाई संकेत गर्दै सिटौलाले कांग्रसभित्र आन्तरिक एकता नदेखिएको बताएका छन् ।

नेता प्रकाशमान सिंहले पनि संविधानले दिएको सुविधा र ह्वीप नलाग्ने संवैधानिक ब्यवस्थालाई टेक्दै कोशीमा शेखर पक्षले चालेको कदम विरुद्ध बोलेका छन् । उनले पार्टीविरुद्ध निरन्तर प्रहार बढिरहेकाले वैचारिक प्रतिवादन गर्नुपर्ने बताए । पार्टीबारे भइरहेको गलत प्रचारबारे सार्वजनिक स्थलमा हुने छलफलमा वैचारिक प्रतिवाद गर्नुपर्नेमा उनको जोड छ ।

देउवाविरुद्ध दवाव बढाउने रणनीतिमा रहेका शेखरसँग साउनमा बसेको केन्द्रिय कार्यसमिति बैठकअघि सौहार्दपूर्ण वातावरण बनाएका देउवाले उनलाई बरिष्ठ नेता बनाउनेसम्मको चर्चा चलेको थियो । १५ औं महाधिवेशनमा देउवाले शेखरलाई नै सर्मथन गर्नसक्ने वातावरण बन्दासमेत शेखर किन यस्ता कदम चाल्दैछन् भन्ने प्रश्न अँझै अनुत्तरित छ । पार्टीको सभापतिबाट अलग भएपनि शक्ति सञ्चय कायम राखेर पत्नी आरजुलाई नेतृत्वमा पु¥याउने देउवाको दाउ छ ।

१४ औँ महाधिवेशनमा देउवालाई सहयोग गरेका विमलेन्द्र निधि र प्रकाशमान सिंह देउवाको सर्मथन चाहन्छन् । कृष्णप्रसाद सिटौला पनि यहि समूहमा पर्छन् । पार्टी नेतृत्वका लागि आफ्नो पक्षमा माहोल बनाइरहेका उनीहरुपनि देउवाको समर्थन खोजिरहेका छन् । आरजूलाई पूर्व महामन्त्रीहरुले संगै एकै मञ्चमा उभ्याएको दृश्यले मोर्चालाई देउवाको पनि सर्मथन छ भन्ने बुभ्mन कठिन छैन ।

पार्टीले यहि मंसिर १३ देखि १५ गतेसम्म नीति महाधिवेशनका उद्धेश्य प्राप्त गर्नेगरि महासमिति बैठक बोलाएको छ । नेतृत्व चयन बाहेकका अन्य काम बैठकले गर्न सक्ने भएका कारण पनि यसलाई महत्वका साथ हेरिएको छ । यही बिचमा कोशीमा एक समूह कांग्रेस फुटाउनै लागेपछि काठमाडौंमा देउवाका उराधिकारहीहरु एकजुट हुन तम्सिएका हुन् ।

कांग्रेसभित्र महाधिवेशनलक्षित फेरिएको समीकरणमा नेताहरु आफ्नो राजनीतिक भविश्य खोज्न लागिपरेका छन् । पटक–पटक एकले अर्कोलाई धोका दिंदै धोकबाज भनेकाहरु हिजोका तुषहरु मेटिएझैं नेतृत्वको आज एकै मञ्चमा देखिए । यदि व्यक्तिगत स्वार्थसिद्धिका लागि मात्रै यो गठजोड गरिएको हो भने उनीहरुकै लागि पानीको फोका सावित हुनेछ ।