Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

ओलीले कांग्रेस फुटाए, मुख्यमन्त्रीमा सांसदकै हस्ताक्षर कीर्ते, प्रचण्डलाई शेखरले दिए धोका


काठमाडौँ — पर्शुराम खापुङले मुख्यमन्त्री दावी गर्न दिएको समयसीमा भोली शुक्रबार सकिँदै छ । मुख्यमन्त्री दावीको लागि २४ घण्टाको भन्दा कम समय बाँकी हुँदा अन्तिम समयमा आएर मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनकै तर्फबाट दुई जनाले बहुमतिसहितको दावी पेश गरो छन् । कोशीमा सरकार बनाउन जति–जति समय घर्किदै छ, काठमाडौँमा राजनीतिक गर्मी उति–उतिबढ्दै छ।बहुमत पुर्याउने भन्दा पनि कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा नै हलो अड्किएको कोशीमा अन्ततःगठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले दावी पेश गरेका छन् ।

कांग्रेसकै प्रस्तावमा कोशी प्रदेशको मुख्यमन्त्रीको रुपमा अघि बढेपछि प्रचण्डलाई जस्तै आङ्बोलाईपनिच्याखे दाउ लाग्न सक्ने अड्कल काटि रहदाकांग्रेस भित्रैबाट देउवा प्रचण्ड र आङबोलाईसमेत एकै पटक झड्का दिने गरी शेखर कोइराला पक्षका केदार कार्कीले मूख्यमन्त्रीमा दाबी पेश गरेकाछन् । अझ यसमा रोचक के छ भने कांग्रेका ८ जना लिएर मूख्यमन्त्री बन्न हिडेका कार्कीलाई एमालेका ३९ जनाले एकै झट्कामा समर्थन गरेकाछन् ।

कार्कीको हकमा कांग्रेसका आफ्ना ८ विश्वास पात्र र एमालेले धोकाधडी नगरेको खण्डमा ४७ मत सहित बहुमत पु¥याएर मुख्यमन्त्री बन्ने पक्का छ । यदी यसो भएको खण्डमा प्रचण्ड र देउवाजिल्लराम हुनेछन् । माओवादीले मुख्यमन्त्रीमा मनको लडडु घिउसंग चोपि सकेको बेला कार्कीले बुढानिकलण्ठसम्मै चारसय विसको झड्का दिएकाछन् ।
कोइरालालाई मोर्चावन्दी गर्दै पेलेरै जान खोजेपछि गठबन्धन र कांग्रेसलाई नै झड्का दिने गरी एमालेको समर्थनमा कार्कीले पनि मुख्यमन्त्री आफ्नो दावी पेश गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको कोशी प्रदेशको अन्तिम विकल्पको सरकार गठन पेचिलो बन्दै जाँदा कांग्रेसभित्रैबाट सरकारको नेतृत्व खोज्ने पहल थालेका शेखरमाथि कृष्णप्रसाद सिटौल हावी हुँदा र आफ्नै समूहका महामन्त्री गगन थापाले समेत साथ नदिएपछि उनी पार्टीभित्रै मोर्चावन्दीमा परेका थिए ।

कार्कीले एमालेको साथ लिएर मूख्यमन्त्रीमा दाबी पेश गरेपछि अघिलो सरकारमा निर्णायक देखिएको राप्रपा यो पटक पनि माओवादीका लागि सरकार निर्माणको निर्णाय शक्ति हुन सक्छ । कार्कीले कांग्रेसका ८ जना आफ्नो पक्षमा भनेपनि उनिहरुको दोहोरा हस्ताक्षर भएकाले माओवादी अझै पनि राप्रपाको साथमा कोशी सरकार हत्याउने दाउँमा छ ।

सरकार बनाउन कोशी प्रदेशमा ४७ सदस्यको बहुमत आवश्यक पर्दछ । तर, ९३ सदस्यीय प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन । प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, सभामुख बाहेक माओवादीका १२, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ सांसद छन् ।एमाले र राप्रपा एक ठाउँमा उभिँदा पनि जम्मा ४६ सांसद मात्र पुग्छन् ।सरकार बनाउन कोशी प्रदेशमा ४७ सदस्यको बहुमत आवश्यक पर्दछ । अहिले कोशी सरकारलाई लिएर कांग्रेसभित्रको दुई फाटो सतहमा आउँदा गठबन्धनको निर्णयलाई व्याक फायर भएको छ ।

केदार कार्कीले आफ्नो दाबी गरेका ८ जनाको हस्ताक्षर र इन्द्र आङबोले ४७ जनाको समर्थन पाएकाले सरसर्ती हेर्दा दुबै जनाको बहुमत दाबी छ । यद्यपी कार्कीले आफ्नो पक्षमा देखाएका सांसद र आङबोले नाम पेश गरेको सांसद दुबैको दोहोरा हस्ताक्षर भएकाले मुख्यमन्त्री पदका लागि काुनुनी रुपमा आधिकारीतको उल्झन देखिन्छ । अब यसको छिनोफानो प्रदेश प्रमुखको हातमा गएको छ ।