काठमाडौँ — आज अक्टोबर १२ अर्थात विश्व बाथ रोग दिवस, नेपालसँगै विश्वभर विविध जनचेतनामुलक कार्यक्रम गरी विश्व बाथ रोग दिवस मनाइएको छ । दिर्घ रोग बाथ रोगको उपचारमा अझै पनि सर्वसाधरणको कम पहुँच छ । बाथ रोगको पहिचान र उपचारको पहुँचमा पु¥याउन जरुरी रहेको विज्ञहरुको सुझाव छ ।
प्रत्येक वर्ष अक्टोबर १२ का दिन मनाइने विश्व बाथ रोग दिवस यो वर्ष जीवनका हरेक चरणमा आरएमडी (¥युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज) सँगै बाँच्ने’ नारा सहित विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा नेशनल बाथ रोग सेन्टर र बद्री तिर्थ आथ्राराइटिस समाजले संयुक्त रुपमा बाथ रोग जागरण अभियान सहित फोटो प्रर्दशनी तथा बाइक ¥याली सम्पन्न गरेको छ ।
नेशनल बाथ रोग सेन्टरले आम सर्वसाधरणलाई बाथ रोगको पहिचान तथा उपचारको पहुँचमा ल्याउने उदेश्य सहित आफन विभिन्न आठ शाखाबाट असोज २५ गतेदेखि कार्तिक २५ गतेसम्म दुई महिने निःशुल्क बाथ रोग परीक्षण सञ्चालन सुरु गरेको छ । नेपालमा झन्डै ८० लाख बढी बाथरोगका बिरामी छन ।
तर ती मध्ये ६ प्रतिशत विरामी मात्र सही उपचारको पहँुचभित्र रहेको उनीहरुको दावी छ । बाथरोगबारे जनतामा चेतना बढाउने, बाथरोगको समयमै पहिचान गर्ने र बाथरोगको जटिलतालाई रोकथाम गर्ने उदेश्य सहित आफुहरु काम गरिरहेको हुँदा सहजीकरणमा सरकारबाट सहयोगका अपेक्षात गरेको नेशनल बाथ रोग सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले बताए ।
नेशनल बाथ रोग सेन्टरले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाथरोगको जटिलतावारे बुझाउन जनचेतनामुलक कार्यक्रममा जोड दिन जरुरी रहेको बताएका छन । ६०÷७० लाख जति मानिसलाई बाथ रोग भएको हुनसक्ने अनुमान डरलाग्दो भएको बताउँदै बाथ रोगीका बिरामीहरुलाई घर घरमै सचेतना साथै स्वास्थ्य सेवामा जोड दिनुपर्ने थापाको भनाई छ ।
बाथ हुनैबाट जोगिन त गाह्रो छ । यो अटो इम्युन डिजिज हो । यद्यपी बाथ भइसकेका बिरामीहरुले चिसोबाट जोगिने, समयमै उपचार र उपचारमा निरन्तरता अतिआवश्यक मानिन्छ । बाथको उपचार भनेको खालि लक्षणको उपचार होइन, बाथको उपचारले यसको जटिलताहरु यसले भित्रि अङ्गहरु सबै बिगार्नसक्ने भएकाले यसको जटिलता हुन बाट जोगाउँछ । बाथको अनेक प्रकार छन र लक्षण पनि भिन्नभिन्न प्रकारको छ ।
जोर्नी दुखाइ मुख्य लक्षण ९० प्रतिशत बाथ रोगीहरुमा हुने गर्दछ । हातका, खुट्टाका साना, ठूला जोर्नीहरु सुन्निने, दुख्ने हुन्छ । चिसो पानी चलाउँदा हातको रङ परिवर्तन हुने, हातको रङ सेतो, निलो वा पहेंलो भएर चेन्ज हुने यो पनि बाथको लक्षण हो । शरीरको चारैतिर दुखाइ हुने, मांसपेसी कटकट खाने गर्दछ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र इन्टरनेसनल ¥युम्याटोलोजी लिग (आइलार) को संयुक्त अध्ययनले जनसङ्ख्याको ३० प्रतिशतमा ¥युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज (हाडजोर्नी र मांसपेशी दुख्ने रोग) को समस्या हुने गरेको उल्लेख छ । जसमा १५ देखि २० प्रतिशतमा कम्मर तथा ढाड दुख्ने र घुँडा दुख्ने समस्या रहेको विभिन्न अध्ययनहरुमा उल्लेख छ ।
बाथरोगको रोकथाम, निदान, परामर्श र उपचारको लागि परिवार, समुदाय समाज र सरकारको सरोकारको साथसाथै पीडित व्यक्ति आफै पनि अझ बढी प्रोत्साहित र जिम्मेवार हुन जरुरी देखिन्छ ।


प्रतिक्रिया