काठमाडौँ – उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्पताल भर्ना भएका छन् ।
उपराष्ट्रपतिको सचिवालयका अनुसार डेंगी संक्रमणले बिरामी भएपछि उपराष्ट्रपति यादव सिभिल अस्पतालमा उपचार गराइरहेका छन् ।
यसैबीच राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेलले टेलिफोन गरी उपराष्ट्रपति यादवलाई स्वास्थ्यलाभको कामना गरेका हुन् ।
प्रतिक्रिया