खेलकुद

लाओसविरूद्ध सुखद नतिजाको अपेक्षामा नेपाल


काठमाडौँ – सन् २०२६ मा हुने फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत प्रारम्भिक चरणको खेलमा नेपालल आज घरेलु मैदानमा लाओससँग खेल्दैछ ।

होम एण्ड अवेका आधारमा हुने प्रारम्भिक चरणको पहिलो खेल काठमाडौंमा हुन लागेको हो । खेल त्रिपुरेश्वरस्थति दशरथ रंगशालमा साढे ५ बजे सुरु हुनेछ ।

नेपाली फुटबलको भविष्यको लागि नै महत्वपूर्ण रहेको यस खेलको पहिलो खेलमा घरेलु दर्शकको अगाडि सुखद नतिजा ल्याउने नपालको अपेक्षा छ ।

इटालियन प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले यस खेलका लागि एकदिनअघि २३ सदस्यीय टोली घोषणा गरेका थिए । जसमा अमृत श्रेष्ठ र सन्जिव विष्ट दुई नयाँ अनुहार छन् ।

अनुभवी खेलाडीहरू विदेश पलायन हुने क्रम जारी हुँदा राष्ट्रिय टिममा अहिले युवा नायँ खेलाडीहरूको बाहुल्य छ । नेपाल र लाओसबीचको दोस्रो लेगको खेल १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ ।

यस खेलको विजेता छनोट अन्तर्गत दोस्रो चरणमा प्रवेश गर्नेछन् । जहाँ ९ समूहमा ४-४ टिम हुनेछ र होम एण्ड अवेका आधारमा ६ खेल खेल्न पाउनेछ ।