Breaking

छाडा सांसद सुनील शर्मा, प्रचण्डको घडीदेखि कट्टुसम्म बोले, ओलीको पाउ देउवालाई घाउ ?


काठमाडौँ — कानून बनाउने सर्वोच्च थलोमा रहेका केही सांसदहरु पछिल्लो समय चर्चामा आउने तथा बिकाउ अभिव्यक्ति मात्रै दिने गरेका छन् । आफ्नै पार्टीका मन्त्रीकै राजीनामा मागेर चर्चित बनेका कांग्रेस सांसद डा. सुनील शर्मा पनि अहिले संसदमा त्यस्तै अभिव्यक्ति दिइरहेका छन् । आफ्नै सरकारलाई लखटिरहेका छन् । के साँच्चै काँग्रेसले उन्नत लोकतन्त्र अंगालेकै कारण उनलाई यो छुट दिइरहेको हो भन्ने प्रश्न पनि उठेको छ ।

यी अभिव्यक्ति जति सुन्यो त्यती घत लाग्दो छ । कताकता जनआक्रोशलाई यी भनाईले सम्वोधन गरेजस्तो पनि देखिन्छ । तर, संसदीय व्यवस्था अंगालेका माननीयबाट अमानबिय बोली फुट्नु राम्रो संकेत होइन् । यस्ता अभिव्यक्ति दिने छुट नेपाली राजनीतिमा कसैलाई छ भने सायद ती डा. सुनील शर्मालाई मात्रै छ । संसद भवन परिसरमा संसदको गरिमालाई समेत ब्यङ्ग्य गरिरहेका यी पात्र रुख चिन्हबाट जितेका नेपाली कांग्रेसका सांसद हुन् । कांग्रेस अहिलेको सरकारको सता घटक मध्येको सबैभन्दा ठूलो दल हो ।

तर सांसद शर्माका यी अभिव्यक्ति हेर्दा लाग्छ यिनी एमाले भन्दा उग्र प्रतिपक्षी हुन् । बिगतमा मेडिकल क्षेत्रमा वदनामि पात्रको छवि बनाएका उनको एमबीबीएसको सर्टिफिकेट आफै बिरामी छ । अहिले उनको सर्टिफिकेटको जाँच सीआईबीले गरिरहेकै छ । केही समयअघि सीआईबीले उनलाई निवासबाटै पक्राउ गरेको थियो । यद्यपी नितिगत प्रक्रिया सिआईवी चुक्ता शर्माले उन्मुक्ति पाए । त्यसअघि सुन तस्करी प्रकरणमा आफ्नै पार्टीका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नै दोषी देखाएका उनले नाइके पक्राउ नपरे सदनमै अनशन बस्नेसम्मको धम्की दिएका थिए ।

तस्करीमा आफ्नै हिमचिमका उठबसवाला प्रिय पात्रहरुको नाम जोडिएपछि अनशन त परकै कुरो सुनको नाममै यीनले सुन्न छोडे । नभए सुनको विषय सुनाउन प्रत्येक चोटी हात उठाएर माईक समात्नेमा यीनि अग्रपंतिमा थिए । सुन तस्करीमा माओवादी नेता बर्षमान पुनको नेक्सस चिनियाँहरुसँग देखिएपछि शर्माले आफ्नो चिच्याहट घटाए ।

विगतमा पुनलाई मोरङबाटै चुनाव लडाउन समेत अग्रसरता देखाएका शर्मा व्यापारिक साझेदार रहेको चर्चा हुने गरेको छ । सीआईबीले छाडेपछि उपियाँ फड्के जस्तो भएर साउन २९ गतेको प्रतिनिधिसभा बैठकमा छिरेका शर्माले उत्तेजित अभिव्यक्ति दिदै गृहमन्त्रीलाई अतंकारी नै भन्न भ्याए ।

देशको कानून बनाउने सर्वोच्च थलोमा रहेका सांसदहरु नै पछिल्लो समय सामाजिक सञ्जालमा चर्चा कमाउनकै लागि बोल्ने क्रम बढिरहेको छ । त्यसमैमध्येका एक माननीय शर्मा पनि हुन् । सांसद शर्मा असोज १९ गतेको प्रतिनिधिसभा बैठकमा झुल्किए । प्रधानमन्त्रीको घडी र उनकी छोरीले लाखौंको ब्याग बोकेको बिषय चर्चाका लागि मात्रै उठाए । सर्वहारा गरिव जनताको भनिने माओवादी पार्टीको सोंच अहिलेपनि पूजिवादी नै छ ।

त्यसमा दुईमत छैन । सारा जनताले थाहा पाइसकेका छन् । प्रचण्डकी छोरी गंगा दाहाल र हुनेखानेहरुको पार्टीका काँग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजूको ब्यागबारे यसअघि पनि चर्चा भएकै हो । तर सांसद शर्माले चर्चाकै लागि त्यो बिषय संसदमा उठाए । अँझ योभन्दा बढि संसद भवन परिसरमै प्रधानमन्त्री निर्वश्त्र भएर भाँगनुपर्ने अवस्था आउनेसम्मको अभिव्यक्ति उनले दिए । यसैलाई सभ्य भाषमा पनि भन्न सकिन्थ्यो तर चर्चा कमाउनकै लागि उनले यस्ता कमसल शव्द प्रयोग गरेर मसलाका रुपमा खपत गर्ने गरेकाछन् ।

आफूलाई उन्नत लोकतान्त्रिक पद्धतिमा चलेको मान्ने काँग्रेसकै सांसद भएर होला, शर्माका अभिव्यक्ति बरु एमालेप्रति उदार हुन्छन् तर आफ्नै सरकारको उछितो काड्न छाड्दैनन् । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेर रिहा भएपछि केपी ओली निवास बालकोटमा गएर काखमा बसेका शर्मालाई आफ्नै पार्टीका सभापति शेरबहादुुर देउवाको दैलो भने अँझै विरानोजस्तै छ । उसो त मन्त्री हुने लाइनमा रहेका शर्माको नाम काटिएपछि सरकारविरुद्ध नै लागेको समेत गाईगुई छ ।

शर्मालाई कांग्रेसले ४ महिनाअघि नै पार्टी विपरित कामकारवाही गरेको भन्दै कारवाही गर्ने तयारी गरेको थियो । तर अहिलेसम्म चुपचाप छ । लोकतान्त्रिक पद्धतिमा बोल्न पाईन्छ तर संसदीय व्यवस्थामा सांसदहरु दलको नियन्त्रणमा हुन्छन् । विधेयक पास गर्दा त ह्वीप नै लगाईन्छ । तर माननीय डा. सुनील शर्मा यस्ता भाग्यमानी व्यक्ति हुन् जसले आफ्नै सरकारको उछितो काट्ता समेत छुट पाइरहेका छन् ।

पार्टी निर्देशनकै विपरित जाँदा समेत काँग्रेस रमिते बनेर हेरीरहेको छ महामन्त्रीद्धय गगन र विश्व बोल्छन् मात्रै केही गर्दैनन् भन्ने नेताहरुपनि सुनील धेरै बोल्दा समेत चुँइक्क बोलेका छैनन् । न त उनका यस्ता आवाज पार्टीमा देखिन्छन् । न त संसदीय दलमा नै । के अभिव्यक्तिकै कारण सदनमा पूर्व कांग्रेस नेता तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंह नांगिएजस्तै शर्मालाई पनि पार्टीभित्रै नाङिगिने छुट हो भन्ने नैतिक प्रश्न पनि उठेको छ ।

नेताहरुविरुद्ध जनता तथानाम बोले भन्दै सरकार सामाजिक सञ्जाल नियनत्रण गर्न खोजिरहेको छ । तर आफ्नै सांसदका अभिव्यक्तिलाई अनुशासित बनाउन नसक्ने सरकारले जनताका अराजक अभिव्यक्ति नियन्त्रण कसरी गर्ला ?