Breaking

सिक्किम गएका इलामका ५ मजदुर बाढीपछि सम्पर्कविहीन (नामसहित)


काठमाडौँ – भारतको सिक्किममा एक साताअघि आएको भिषण बाढीपछि इलामका पाँच जना सम्पर्कविहीन भएका छन्। 

कामको सिलसिलामा भारतको उत्तरी सिक्किम पुगेका इलाम नगरपालिका-९ का ५ जना बेपत्ता भएका छन् ।

सिक्किममा आएको बाढी र पहिरोपछि कामको सिलसिलामा भारतको उत्तरी सिक्किम पुगेका इलाम नगरपालिका-९ का ५ जना बेपत्ता भएका हुन् । बाढी पहिरोपछि उनीहरू परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । उनीहरू नर्थ सिक्किमको लाचेन क्षेत्रबाट बेपत्ता भएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

सीडीओ पोखरेलका अनुसार उनीहरू लाचेनमा गुम्बा बनाउने मजदुरका रूपमा संलग्न थिए । इलाम-९ गोलाखर्कका सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, कुमार बस्नेत र खुसी बस्नेत असोज १७ गतेबाट परिवारको सम्पर्कमा छैनन् ।

परिवारका सदस्यले आफन्तहरू सम्पर्कविहीन रहेको र खोजी गरिदिन जिल्ला प्रशासन कार्यालय इलाममा अनुरोध गरेका छन् । सिक्किमको ल्होनाक ताल फुटेपछि सिक्किममा बाढी र पहिरो आएको छ ।

सिक्किम प्रहरीसँगको समन्वयमा उनीहरूको खाजी कार्य भइरहेको पोखरेलले बताए । लाचेन क्षेत्रमा बाढीपहिरो नभए पनि त्यहाँ जाने बाटो अवरुद्ध छ । त्यस क्षेत्रमा त्यहाँ बिजुली र सञ्चार सेवा समेत अवरुद्ध रहेको छ ।