काठमाडौँ — इजराइलमा छोरा गुमाएका १० परिवार अहिले विक्षिप्त अवस्थामा छन् । उनीहरुले सरकारसँग शव ल्याइदिनका लागि आग्रह गरेका छन् । तर सरकारले कहिले उनीहरुको शव स्वदेश ल्याउछ टुंगो छैन । इजरायलको रणभूमीमा कृषि क्रान्तीको सपना बोकेर पुगेका नेपाली नौ जवानढलेपछि यो देशले अहिले उहि पुरानो गित गुनगुनाई रहेकोछ । ‘मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन भागेर जाउँ कुन ठाउँ जाउ मान्छे नमर्ने शहर हँुदैन ।’ भाग्दा भाग्दा बंकरमा लुकेका नौ जवान विदेशी भूमीमा बैरीको निशानामा ढलेपछि देश अहिले स्तव्ध छ ।
परिवार विक्षिप्त छन् ।भावीको खेल जन्म कहाँ मरन कहाँ सम्झिँदा पनि मन छियाछिया भएर आउँछ ।यो बज्रपात कसैको परिवारमा नपरोस् भगवान् । अहिले प्रत्येक नेपालीले यहि कामना गरिरहेकाछन् । १० भाई छोरा विदेशी भूमीमा ढलेकाछन् । १० परिवार सन्तानको विलापले विक्षिप्तछन् । सास नभएपनि एक झल्को लासै हेर्ने छटपटिले घर परिवार पटकपटक मरेर बाचिरहेकाछन् ।
नेपालीले यो नियती कहिलेसम्म भोगि रहनु पर्नेहो सरकार?सपनाको सहर इजरायलमा नेपाली विद्यार्थी मात्रै ढलेका छैनन् दर्शकवृन्द । बुबा आमाले छोरो गुमाएकाछन् । दिदी बहिनीले दाजुभाई गुमाएकाछन् । यो देशले नौ जवान भोलिका लागि संम्भावना बोकेको योद्धा गुमाएको छ । हेर्दा पनि कलेजो फाट्ने बा, आमाका रोदन चित्कारले धेरैको मन छियाछिया बनाएको छ ।
प्रवेश भण्डारी–इजरायल र प्यालेस्टाईन युद्धको भुङग्रोमा परेर ज्यान गुमाउने १० मध्येका एक हुन् । सल्यान शारदा नगरपालिका–३, साहुटोलका २४ वर्षीय प्रवेशले बाआमालाई भनेका थिए रे, ‘अब हजुरहरुका दुःखका दिन गए । म कमाउने भैसकेँ, ढुक्क हुनुस् म ११ महिनापछि फर्केर एउटा कृषि फार्म खोल्छु, कि हाकिम बन्छु ।’तर दुर्भाग्य प्रवेशको सपना विदेशी भूमीमै ढल्यो । उनीसदाका लागि अस्ताए । अहिले छोराको यही बोली सम्झिएर बा, आमा मुर्छित छन् । आमा अर्धचेत अवस्थामा बेलाबेलामा बाबु बाबु भन्दै चिच्याउँछिन् ।
सास नभए पनि प्रवेशको अनुहार एक झल्को हेर्न परिवार तड्पिरहेकाछन् । राज्यसंग छिटो शव ल्याइदिन गुहार मागिरहेकाछन् । यो बज्र अहिले एउटा परिवारमा मात्रै सिमित छैन । भण्डारी परिवारकै जस्तोव्यथाअन्य ९ परिवारले भोगिरहेकाछन् । गणेश नेपाली–बझाङका गणेश नेपाली इजरायलको युद्धमा मारिएपछि उनको परिवारको पीडा पनि उस्तै छ ।
गएको एक महिना नपुग्दै प्यालेस्टाइनी विद्रोही समुह हमासको आक्रमणमा परि छोरा मारिएको खबर सुनेपछि गणेशका बुबा धनलाल आउजीआफुलाई सम्हाल्न नसक्ने अवस्थामाछन् ।सम्हालिन खोज्छन तर छोरा सम्झिएरभक्कानिन्छन् । धनलालले एक टुक्रै सही आफ्नो मुटु, कलेजोजस्तो छोरालाई अन्तिम पटक हेर्ने चाहना भएको बताएका छन् । उनी छोराको श्वास नभएको शरीर भएपनि एकपटक स्पर्श गर्न चाहन्छन् । २४ बर्षसम्म मायाले सुम्सुम्याएको छोरालाई यसपटक अन्तिम विदाइका लागि छुन आतुर छन् ।
आनन्द साह–धनुषाकोलक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका आनन्द साह पनि विदेशी भूमीमा बैरीको निसानामा परे । इजरायलमा छोरा अस्ताएको खबरले उनका बुबा आमा ओछ्यान परेकाछन् ।आमा शुभकलीदेवी र बुबा सोमन साह अर्धचेत अवस्थामाछन् । आफन्तले पिलाएको पानीको साहरामा उनीहरुको प्राण त अडिएको छ, तर अझै पूर्ण होसमा आउन सकेका छैनन् ।बेलाबेला होस खुल्नेबित्तिकै आमा छोरा आनन्दलाई ल्याइदिनू भन्दै चिच्याउँछिन्, एक छिनपछि मुर्छा पर्छिन्।सोमन पनि होसमा आएपछि छोराको बिलौना गर्दै भुइँमा ढल्छन्। छाती पिट्दै विलाप गर्छन् ।
अहिले पीडा र वियोगबाट धेरै परिवार गुज्रिरहेकाछन् । नेपालीका लागिकालो दिनसावित भएको शनिवार प्रवेश, गणेश, आनन्दसहित पदम थापा,राजेशकुमार स्वर्णकार, राजन फुलारा, लोकेन्द्रसिंह धामी, नारायण प्रसाद न्यौपाने, आशिष चौधरी र दिपेशराज विष्टको परिवारले जीन्दगीमा कहिले नविर्सने बज्रपात खेप्नु परेको छ । अहिले प्रत्येक परिवारमा के वितेको छ भन्ने कुरा हामीले शव्दमा जतिनै बोले पनि सायद कमै हुन्छ । सन्तानको अनुहार हेर्न छटपटिएका परिवारलाई तत्काल शव जिम्मा लगाउने प्रवन्धका लागि सरकारले तदारुकता देखाओस् । राज्य भएको आभाष दिलाओस् ।


प्रतिक्रिया