काठमाडौँ – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका- ११ तिङला मुडे घरभई हाल काठमाडौँ कपन बस्दै आएका आङदामी शेर्पाको मृत्यु शंकास्पद भएको भन्दै सत्यतथ्य छानबिनको माग गर्दै प्रहरीमा उजुरी परेको छ ।
शेर्पा गत असोज १० गते आफ्नै घरमा मृत भेटिएका थिए । शरिर भरी निल डाम र चोट भएका उनको मृत्यु परिवारले दाबी गरे जस्तो सामान्य नरहेको तिङला शेर्पा किदुगका सचिव कर्मा शेर्पाले योहो खबरलाई जानकारी दिनुयो । आङदामीको मृत्यु शंकास्पद भएको भन्दै तिङला शेर्पा किदुगले बौद्ध प्रहरीमा उजुरी गरेको छ ।
आङदामी तिङला शेर्पा किदुगका अध्यक्ष थिए । आङदामीको मृत्युमा परिवारले चासो नदेखाएपछि घटना शंकास्पद भएको भन्दै प्रहरीमा उजुरी परेको हो ।
संस्थाक सचिव शेर्पाका अनुसार गत असोज १० गते राति बत्ती गएको समयमा शारीरीक व्याममा प्रयोग गरिने फिता चुडिएर बाबुको मृत्यु भएको उनका छोराको भनाई छ । तर परिवाको यो दाबीलाई शेर्पा किदुगले सहजै स्विकारेको छैन ।
घटनाको प्रकृत र मृतकको शरिरमा देखिएको चोट पटकले फिता चुडिएकै भरमा ज्यानै जाने घट्ना हुन नसक्ने किदुगको ठहर छ ।
शेर्पाको मृत्युको समयमा उनकी श्रीमती विदेशमा रहेको र विदेशबाट आए लगत्तै हतार हतारमा दाहसंस्कार गरेपछि घटना थप शंकास्पद देखिएको छ । शेर्पाको निधन शंकास्पद रहेको औंल्याउदै नेपाली कांग्रेस सोलु तिङला काठमाडौं संपर्क समितिले छानबिनको माग गर्दै विज्ञप्ती जारी गरेको छ ।
प्रतिक्रिया